व्यासमा भूमिहीनको तथ्याङ्क सङ्कलन
नेपालबहस संवाददाता
फागुन २१, २०७७ शुक्रबार १७:३९:११
२१ फागुन, दमौली । तनहुँको व्यास नगरपालिकामा करिब सात हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन गरिएको छ । एक महिनामा व्यास नगरपालिकाका छ हजार ८७२ को तथ्याङ्क सङ्कलन गरिएको हो ।
नगरपालिकाका १४ वटै वडाका ७३० भूमिहीन दलित, ४९७ भूमिहीन सुकुम्वासी र छ हजार १४२ अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन भएको लागत सङ्कलक एकाइका प्रमुख विमल गिरीले जानकारी दिए । नगरपालिकाले तथ्याङ्क सङ्कलनका लागि १४ वडामा २४ तथ्याङ्क सङ्कलन खटाएको थियो ।
व्यास नगरपालिका–१ मा ९२ भूमिहीन दलित, ४९ भूमिहीन सुकुम्वासी, ४१० अव्यवस्थित बसोबासी, ५१० वडा नं २ मा सात भूमिहीन दलित, पाँच भूमिहीन सुकुम्वासी, १४० अव्यवस्थित बसोबासी, १४७ वडा नं ३ मा नौ भूमिहीन दलित, आठ भूमिहीन सुकुम्वासी, ३२२ अव्यवस्थित बसोबासी, वडा नं ४ मा ३३ भूमिहीन दलित, २३ भूमिहीन सुकुम्वासी र १६४ अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन भएको छ ।
वडा नं ५ मा ५६ भूमिहीन दलित, ३९ भूमिहीन सुकुम्वासी, ६५० अव्यवस्थित बसोबासी, वडा नं ६ मा १५० भूमिहीन दलित, ९५ भूमिहीन सुकुम्वासी र ५२२ अव्यवस्थित बसोबासी, वडा नं ७ मा ३३ भूमिहीन दलित, १८ भूमिहीन सुकुम्वासी र ३२८ अव्यवस्थित बसोबासी, वडा नं ८ मा पाँच भूमिहीन दलित, तीन भूमिहीन सुकुम्वासी र २०६ अव्यवस्थित बसोबासी, वडा नं ९ मा १३ भूमिहीन दलित, आठ भूमिहीन सुकुम्वासी र १३१ अव्यवस्थित बसोबासी, वडा नं १० मा ८० भूमिहीन दलित, ४८ भूमिहीन सुकुम्वासी र ९२४ अव्यवस्थित बसोबासी, वडा नं ११ मा ७७ भूमिहीन दलित, ६० भूमिहीन सुकुम्वासी र ८९१ अव्यवस्थित बसोबासी, वडा नं १२ मा १२९ भूमिहीन दलित, १०५ भूमिहीन सुकुम्वासी र ७२५ अव्यवस्थित बसोबासी, वडा नं १३ मा ३६ भूमिहीन दलित, २८ भूमिहीन सुकुम्वासी र ४३१ अव्यवस्थित बसोबासी, वडा नं १३ मा १० भूमिहीन दलित, आठ भूमिहीन सुकुम्वासी र दुई सय ९८ अव्यवस्थित बसोबासीको विवरण सङ्कलन गरिएको छ ।
नगरपालिकाले सङ्कलन गरेको विवरण भूमिसम्बन्धी समस्या समाधान आयोगमा पठाइने र जाँचबुझ पछि वास्तविक भूमिहीन भएको प्रमाणित भएमा लालपुर्जा वितरण गरिनेछ । भूमिसम्बन्धी समस्या समाधान आयोगले जिल्लाका नौ स्थानीय तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनका लागि सम्झौता गरेको छ । सोहीबमोजिम सबै स्थानीय तहले लगत सङ्कलनको काम गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार