वाटर किङ्डम पार्क सञ्चालनको तयारीमा
नेपालबहस संवाददाता
फागुन २१, २०७७ शुक्रबार १७:५०:१
२१ फागुन,दमक । झापाको शिवसताक्षीस्थित झिलझिलेमा जिल्लाकै सबैभन्दा ठूलो लगानीमा निर्माण भएको वाटर किङ्डम पार्क एण्ड रिसोर्ट सञ्चालनको तयारीमा पुगेको छ । स्थानीय व्यवसायीको करीब रु ३५ करोडको लगानीमा जिल्लाकै सुविधा सम्पन्न पार्क निर्माण गरिएको पार्क औपचारिकरुपमा सञ्चालनको तयारीमा रहेको सञ्चालकले जनाएका छन् ।
पार्क सञ्चालकसमेत रहेका कार्यकारी निर्देशक राजकुमार सङ्ग्रौलाका अनुसार फागुन २६ गतेदेखि सर्वसाधारणका लागि टिकट खुला गरेर पार्क सञ्चालनमा आउने र त्यसका लागि आवश्यक तयारी पूरा भएको छ । पूर्व–पश्चिम राजमार्गको झिलझिलेबाट करिब ३०० मिटर दक्षिणमा रहेको पार्क औपचारिकरुपमा उद्घाटन नभए पनि यतिबेला सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ । विवाह गर्ने, विभिन्न प्रकारका उत्सव मनाउने, पिकनिक खाने, तालिम, गोष्ठी, सेमिनार र विभिन्न सभा समारोह गर्नका लागि जिल्लामै उपयुक्त ठाउँ वाटर किङ्डम पार्क रहेको शिवसताक्षी नगरपालिका प्रमुख तथा पार्कका सल्लाहकार समितिका संयोजक चन्द्रकुमार शेर्माले बताए ।
सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गरेपछि स्थानीय व्यवसायीले सन् २०१९ मा वाटर किङडम पार्क निर्माण शुरु गरेका थिए । कोरोना भाइरसका कारण मुलुकमा लकडाउन भएपछि पार्कका निर्माणाधीन भौतिक संरचना निर्माण बन्द भएका थिए । सरकारले लकडाउन खुकुलो बनाएपछि बाँकी रहेको पूर्वाधार निर्माण शुरू गरिएको सञ्चालक सङ्ग्रौलाले बताए ।
पार्कमा जीप लाइन, सुपरम्यान जीपलाइन र पछिल्लोपटक जीप साइक्लिङ पनि भित्र्याइएको छ । पार्क नखुल्दै सयौँ सर्वसाधारणले साइकल कुदाएर दैनिक मज्जा लिन थालेका छन् । पार्कमा आएर फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने र भिडियो खिचेर टिकटक बनाउनेको सङ्ख्या यतिबेला ह्वात्तै बढेको छ । सञ्चालक सङ्ग्रौलाका अनुसार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, सिराहा, सप्तरीलगायतका जिल्लाबाट समेत सर्वसाधारण आउन थालेका छन् ।
सञ्चालक सङ्ग्रौलाका अनुसार पार्कमा पानीबाट मात्र खेलेर मनोरञ्जन लिन सकिने आठ प्रकारका आइटम पनि छन् । स्विमिङ पुलसहित वेब पुल, मल्टिलेण्ड स्लाइड, वेब स्लाइड, क्रुसर स्लाइड, सोफालेण्ड स्लाइड र पेन्डुलम स्लाइडलगायतका मनोरञ्जनात्मक खेल समावेश छन् । त्यस्तै, पार्कमा बालकबच्चासहित ज्येष्ठका लागि आवश्यक संरचना विश्राम निर्माण गरिएको छ । युवायुवतीका लागि पार्कभित्र खान बस्न र पार्कभित्रका दृश्य अवलोकनका लागि विभिन्न संरचना निर्माण गरिएका छन् । पार्कबाट ५० ले प्रत्यक्ष रोजगारी पाएका छन् ।
पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि पूर्वका घुम्नयोग्य इलाम, झापा, धनकुटा, ताप्लेजुङ, पाँचथर, सुनसरीलगायतका पर्यटकीयस्थलमा प्याकेजमा भ्रमण गराउनेसमेत सञ्चालक सङ्ग्रौलाले बताए । उनले भने, “यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सस्तोमा पूर्वका पर्यटकीयस्थलमा पु¥याएर मनोरञ्जन दिलाइने छौँ”, यसका अलवा भारतका कालिङ्पोङ, दार्जिलिङ, खर्साङ, मिरिकजस्ता ठाँउ पनि प्याकेजमा घुमाउने योजना सङ्ग्रौलाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमाले र माओवादीले पेश गरे संकल्प प्रस्ताव
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमालेको ह्वीप
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार