काभ्रेबाट चन्द नेता बाँस्तोला रिहा
नेपालबहस संवाददाता
फागुन २१, २०७७ शुक्रबार १८:५२:४
२१ फागुन,काभ्रेपलाञ्चोक । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका केन्द्रीय नेता धर्मेन्द्र बाँस्तोलालाई आज रिहाइ गरिएको छ । सरकार र उक्त पार्टीबीच भएको सहमति घोषणा गर्ने आजकै दिन पार्टीका पश्चिम कमाण्ड तथा विदेश विभाग प्रमुख बाँस्तोलालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।
करिब दुई सातादेखि धुलिखेलस्थित प्रहरी हिरासतमा रहेका बाँस्तोलालाई जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले स्थानीय सञ्चारकर्मीसामु बिहान १०ः०० बजे सार्वजनिक गरेका थिए । पार्टीका सचिवालय सदस्यसमेत रहेका बाँस्तोला गत पुस अन्तिम साता ललितपुर र मकवानपुरको सीमावर्ती क्षेत्रबाट पक्राउ परेका थिए । पक्राउपछि विभिन्न प्रहरी हिरासतमा राख्दै धुलिखेल ल्याइएको हो ।
रिहाइ गरेपछि बाँस्तोलाका शुभेच्छुकले ‘वैज्ञानिक समाजवाद जिन्दावाद, वीर शहीद लालसलाम’ जस्ता विभिन्न नाराबाजी गरेका थिए । बाँस्तोलाले सार्वजनिक भएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले राजनीतिक तवरले देशका समस्या समाधान गरौँ भन्ने विषय न्यायको सम्मान भएको उल्लेख गर्दै देशको समस्या समाधान गर्न आफूहरु लाग्ने प्रतिबद्धता जनाए । “देशको समस्या समाधान गर्न हामी अगाडि बढ्छौँ र सफल पनि हुनेछौँ”, उनले भने ।
बाँस्तोलालाई सार्वजनिक गरिएलगत्तै प्रहरीकै सुरक्षामा काठमाडौँ लगिएको छ । सरकारसँग भएको सहमति घोषणा कार्यक्रममा सहभागी गराउन बाँस्तोलालाई काठमाडौँ लगिएको हो । सरकार र चन्द नेतृत्वको नेकपाले बिहीबार तीनबुँदे सहमति गर्दै सो पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्णरुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत सहमतिमा समेटिएको छ । यसअघि सरकारले चन्द नेतृत्वको नेकपामाथि २०७५ फागुन २८ गते प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार