आइतबार , बैसाख ५, २०७८

विप्लबसँग पार्टी एकीकरण गर्ने ओलीको रणनीति

विप्लबसँग पार्टी एकीकरण गर्ने ओलीको रणनीति

२१ फागुन, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादीसँगको पार्टी एकीकरण विफल भएपछि प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द विप्लवसँग सोही अभियानको थालनी गरेका छन् । यसै प्रयोजनका लागि ओली नेतृत्वको सरकारले विप्लबसँग हिजो मात्रै सहमति गरेको छ ।

आज दिउँसो प्रधानमन्त्री ओलीले विप्लबलाई एउटै मञ्चमा राखेर आफ्नो अभियानको खुलासा गर्दैछन् । गत वर्षदेखि नै ओलीले विप्लबलाई आफ्नो पक्षमा ल्याउन प्रयास गरिरहेका थिए । खासगरी प्रचण्डसँग मतभेद बढ्न थालेयता ओली र विप्लव पक्षको घनीभूत वार्ता भइरहेको स्रोतको भनाइ छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

हिजो भएको तीन बुँदे सहमति केवल देखाउने दाँत मात्रै हो,भित्री कुरा त पार्टी एकीकरण गर्ने तहसम्मै पुगेको छ–वालुवाटार निकट स्रोतको भनाई छ । सत्ता टिक्यो भने विप्लव स्वयं सरकारमा सहभागी हुने नभए चुनाव अगावै पार्टी एकीकरण गर्ने भित्री सहमति बनेको दाबी स्रोतको रहेकोछ ।

प्रतिनिधिसभा विघटन लगत्तै ओलीले विप्लबसँग घनिभूत रुपमा वार्ता अघि बढाएको बुझिएको छ । ओली र विप्लबबीच पटक पटक टेलिफोन सम्पर्क भएको बताइएकोछ । छलफलका क्रममा ओलीले विप्लबलाई आफ्नो पार्टीको महासचिब नै प्रस्ताव गरेको दावी विप्लव पक्षको रहेको छ । तर यसबारे विप्लवले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । आज राष्ट्रिय सभामा आयोजना हुने सार्वनिकीकरण कार्यक्रमा यसबारे केही संकेत मिल्ने सक्ने अनुमान गरिएको छ ।

प्रचण्ड – नेपाल पक्षले सत्ता परिर्वतन ग¥यो भने ओलीले विप्लवलाई तत्कालै पार्टी प्रवेश गराई सडक संघर्ष चर्काउने योजना बनाएको स्रोतले बतायो । त्यो संभव भएन भने ओलीले आफूपछिको वरिष्ठ उप प्रधानमन्त्री बनाएर विप्लवलाई सरकारमा सहभागी गराउने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय