बुधबार , बैसाख ८, २०७८

नख्खुस्थित म्यानमारको दूतावास अगाडि विरोध प्रदर्शन

नख्खुस्थित म्यानमारको दूतावास अगाडि विरोध प्रदर्शन

२१ फागुन, काठमाडौं । ललितपुरको नख्खुस्थित म्यानमारको दूतावास अगाडि प्रदर्शन गरिएको छ । वृहत नागरिक आन्दोलनको अगुवाइमा ललितपुरको नख्खुस्थित म्यानमारको दूतावास अगाडि शुक्रबार बिहान विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीले म्यानमारका जनताले जस्तै तीनवटा औंला देखाएर प्रदर्शन गरेका थिए । तीन औंलाले स्वतन्त्रता, समानता र ऐक्यबद्धताको संकेत गर्दछ । उनीहरुले म्यानमारका जनताको आन्दोलनमा नेपालीहरुको ऐक्यबद्धता रहेको सन्देशयुक्त प्लेकार्ड बोकेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रदर्शनमा डा। गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला लगायतको सहभागीता छ । म्यानमारमा गत फेब्रुअरी १ मा सैनिक ‘कू’ भएपछि सुरु भएको प्रदर्शन दबाउन सुरक्षाकर्मीले गोली चलाउँदा ५० भन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय