नरैनापुरवासीका लागि गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा
नेपालबहस संवाददाता
फागुन २१, २०७७ शुक्रबार १९:२०:५०
२१ फागुन, राँझा । सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा रहेको बाँकेको नरैनापुर क्षेत्रका सर्वसाधारणले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पाउन थालेका छन् । गाउँमै रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन थालेपछि अव नरैनापुरवासीलाई उपचारका लागि नेपालगञ्ज वा भारतीय शहरमा पुग्नुपर्ने बाध्यता हटेको छ ।
नरैनापुर गाउँपालिकाले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई सुविधासम्पन्न बनाएपछि सर्वसाधारणले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा सहज तरिकाले पाउन थालेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा प्याथालोजी, २४ सैँ घण्टा आपत्कालीन सेवा र भिडियो एक्स–रे सेवासमेत शुरु गरिएको छ । साधारण एक्स–रे पनि तत्कालै शुरु गर्ने योजना छ । गाउँपालिकाले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १५ श्ययाको अस्पतालसँगै इमर्जेन्सी सेवा सञ्चालनमा ल्याएपछि नरैनापुरवासीलाई उपचारका लागि सहज भएको वडा नं ६ का नागरिक अगुवा सोहनलाल यादवले बताए ।
“पहिला सामान्य ज्वरो आएका बिरामीलाई पनि उपचार गर्न भारतीय स्वास्थ्यकर्मी र नेपालगञ्जका अस्पतालको भर पर्नुपथ्र्यो, अहिले यहाँका सर्वसाधारणलाई उपचारका लागि न त नेपालगञ्ज जानुपर्छ न त भारतीय अस्पताल धाउनुपर्ने बाध्यता छ”, उनले भने, “स्वास्थ्य केन्द्रमा २४ सैँ घण्टा चिकित्सक बस्न थालेपछि गुणस्तरीय स्वास्थ्य सेवा पाउने आशा जागेको छ ।”
लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा इमर्जेन्सी सेवा शुरु भएपछि अब सर्वसाधारणले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले बताए । उनका अनुसार लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रले आगामी चैतदेखि सर्पदंशको उपचार पनि शुरु गर्ने भएको छ । सर्पले डसेका बिरामीलाई नेपालगञ्ज पु¥याउन समय लाग्ने र ढिला गरी उपचार पाउँदा मृत्यु हुने गरेपछि नरैनापुरमा सर्पदंशको उपचार शुरु गरिन लागेको हो ।
गाउँपालिकाले आँखा उपचार पनि छिट्टै शुरु गर्ने भएको छ । आँखा उपचारका लागि एक–एक जना नेत्र अधिकृत र नेत्र सहायक माग गरेको छ । माग गरेबमोजिम निवेदन दिएकाको छिट्टै छनोटपश्चात् सेवा शुरु गरिने बताउँदै प्रमुख प्रशासकीय अधिकृत शाहले भने, “यहाँका सर्वसाधारणलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिकाले सबै खालको प्रयास गरेको छ ।”
प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख मेडिकल अधिकृत डा सागर पन्तले जनशक्ति अभावका बाबजुत पनि जनतालाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको बताए । उनले भिडियो एक्स–रे गर्ने दक्ष जनशक्ति नभएकाले आफैँले गर्दै आएको जानकारी दिए । एक्स–रे सेवा सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई तालीम लिन पठाइएको बताउँदै उनले तालीम लिएर आउनासाथ स्वास्थ्य केन्द्रमै एक्स–रे सेवा पनि शुरु गरिने जानकारी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडा. काजनको सल्लाहः मस्तिष्कघातबाट बच्न के गर्न सकिन्छ ?
चैत १४, २०८० बुधबार
त्रिपुरासुन्दरीमा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
चैत १३, २०८० मंगलबार
जुम्लामा क्षयरोगका बिरामी घट्दो क्रममा
चैत १३, २०८० मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार