आँखालाई कसरी स्वस्थ राख्ने ?
नेपालबहस संवाददाता
फागुन २१, २०७७ शुक्रबार १९:२१:५१
२१ फागुन, काठमाडाैं । आँखालाई स्वस्थ्य राख्ने विभिन्न तरिकाहरु छन् । दैनिक आँखाको व्यायाम गर्दा आँखाको मांशपेशीहरु बलियो बनाउन मद्दत गर्छ । स्वस्थ्य खाना र भिटामिन र खनिजहरुको राम्रो स्रोतहरु लिन पनि हाम्रो दृष्टिकोणको लागि लाभदायक हुन्छन् । हाम्रो जीवनशैलीमा त्यस्ता समायोजनहरु गर्दा दुवै आँखा र हाम्रो दृष्टि स्वस्थ रहन्छ ।
अहिले हाम्रो धेरैजसो समय स्क्रिनमा बित्ने गर्छ । खासगरी मोबाइलको प्रयोग बढदै जाँदा ‘स्क्रिन टाइम’ लम्बिएको हो । त्यससँगै कम्प्युटर, ल्यापटपमा पनि हामी अधिक समय बिताइरहेका छौं । यसले हाम्रो आँखालाई सबैभन्दा बढी प्रभावित गरेको छ । त्यसमाथि प्रदूषण, खराब जीवनशैलीले समेत आँखाको दृष्टि कमजोर हुँदै गएको छ ।
यसका सरल पाँच काइदा
१. राम्रो खानपान
खानपानको सम्बन्ध आँखाको दृष्टिसँग पनि हुन्छ । कतिपय खानेकुरा यस्ता हुन्छन्, जसले आँखाको दृष्टि क्षमता बढाउन सहयोग गर्छ । जस्तो कि, माछा, पालुङ्गो साग, फल एवं हरियो सागपात ।
२. आँखा झिम्क्याइरहने
परेला झिम्क्याइरहनुले आँखालाई स्वस्थ राख्न सहयोग गर्छ । यसबाट आँखा तरोताजा र तनावमुक्त रहन्छ । कम्प्युटरको प्रयोग गर्ने व्यक्तिहरु आफ्नो आँखा कम झिम्क्याउँछन् । यस्ता व्यक्तिहरुले हरेक सेकेन्डमा आफ्नो आँखा झिम्क्याउनु आवश्यक हुन्छ ।
३. आँखाको ब्यायाम
आँखाका केही व्यायामहरु गरेर पनि आँखालाई स्वस्थ राख्न सकिन्छ । यसका लागि आफ्ना दुवै हत्केलालाई आपसमा रगड्नुपर्छ र जब हत्केला तातो हुन्छ, त्यसलाई हल्का रुपमा आँखामाथि राख्नुपर्छ । यसो गर्दा आँखाको तनाव कम हुन्छ ।
४. पानी छर्कने
समय–समयमा सफा पानीले आँखा धोइरहनुपर्छ । यसबाट आँखामा डिहाइड्रेसन हुन पाउँदैन र स्वस्थ रहन्छ । बाहिरबाट घर फर्केपछि मुख धुँदा आँखामा पानी छम्किने गर्नुपर्छ ।
५. नियमित जाँच
आँखा कमजोर भएका व्यक्तिहरुले नियमितरुपमा आफ्नो आँखाको जाँच गराउनुपर्छ । यदि तपाईंको आँखाको प्रकाश बिल्कुल ठिक छ र पढ्न–लेख्न कुनै कठिनाई भइरहेको छैन भने पनि वर्षमा कम्तिमा एक पटक आँखाको जाँच गराउनुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार