निकै लोकप्रिय खानाको परिकार मःम !
नेपालबहस संवाददाता
फागुन २१, २०७७ शुक्रबार १९:२८:४५
२१ फागुन, काठमाडाैं । अहिले नेपालको अधिकांश भेगमा चर्चित खाद्य परिकार हाे मःमः । मःमः मन नपराउने मान्छे साहेत विरलै हाेलान् ।मःम भन्ने वित्तीकै धेरैको मुख रसाइहाल्छ । मःम निकै लोकप्रिय खानाको परिकार हो । मःमःको लोकप्रियतालाई लिएर भनाइ नै बनेको छ– मेन्यु हेर्यो हेर्यो लास्टमा मःम । अर्थात् खाजा घर, होटल, रेष्टुराँ जाने ग्राहकले मेन्यू हेर्छन् र अन्तिममा मःमः अर्डर गर्छन् ।
यो लोकप्रियता अहिले नेपालमा मात्र नभई संसारभर फैलिदै गएको छ । विश्वभर पुगेका नेपालीहरुले सञ्चालन गरेका होटल तथा रेष्टुराँमा मःमः अनिवार्य बनाइन्छ । नेपाल आउने पर्यटकहरु पनि मःमःका विभिन्न परिकारमा झुम्ने गरेका छन् । बजारमा विभिन्न स्वादका मःमः पाइन्छन ।
यसको सुरूवात राणा शासनकालतिर काठमाडौंमा भएको परम्परागत खाना सम्बन्धी जानकारहरू बताउँछन् । यद्यपि यो विषय विवादित छ । शैलीगत हिसाबले फरक भए पनि तिब्बतमा पनि समकालीन समयमा मःमःको विकास भएकोले तिब्बतले पनि यसमा दाबी गर्ने गरेको छ ।
नेपाली ममले काठमाडौं उपत्यकामा व्यावसायिकता सुरू गरेको भने झण्डै चार दशकमात्रै भएको छ । तर यो अहिले भारत, चीन, अमेरिका, बेलायत आदि देशमा समेत विस्तार भइसकेको छ ।
तिब्बतले मःमःलाई अघोषित रूपमा राष्ट्रिय खानाको जस्तै दर्जा दिएको चिनियाँ सञ्चारमाध्यमहरू लेख्छन् । दैनिक हुने खपतलाई हेर्दा नेपालले पनि मःमःलाई कम महत्व दिएको देखिँदैन ।
तिब्बतमा पनि नेपालमा जस्तै मःमः बनाउँदा बफ्याएर वा तेलमा फ्राइ गरेर पनि बनाउने गरिन्छ । अफगानिस्तानसम्म पनि मःमःको विस्तार भइसकेको छ । उज्बेकिस्तान जस्ता देशहरूले पनि मःमः बेच्ने गरेका छन् । यसरी यसले विश्व बजारमा आफ्नो उपस्थिति हासिल गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार