शुक्रबार , बैसाख ३, २०७८

सार्वजनिक भए विप्लव, सहमति पत्रमा हस्ताक्षर हुँदै

सार्वजनिक भए विप्लव, सहमति पत्रमा हस्ताक्षर हुँदै

२१ फागुन, काठमाडाैं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सार्वजनिक भएका छन् । सरकार र विप्लव समूहको वार्ता टोलीबीच भएको सहमति अनुसार प्रतिबन्धित समूह आज सार्वजनिक भएका हन् ।

सरकार र नेकपा विप्लव समूहबीच भएको वार्ताका क्रममा भएको सहमतिपत्रमा हस्ताक्षर गर्ने समारोह सुरु भएको छ । बिहीबार भएको सहमतिअनुसार हस्ताक्षर समारोह राजधानीको राष्ट्रियसभा गृहमा सुरु भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सो समारोहमा प्रधानमन्त्री केपी ओलीसहित विद्राही नेकपाका महासचिव विप्लव सहितका नेताहरुको सहभागिता रहेको छ । सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहीबार ३ बुँदे सहमति भएको थियो ।

उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका छन् । समारोहलाई प्रधानमन्त्री केपी ओली र विद्रोही विप्लवलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय