जनमत संग्रहमा जानुपर्छः विप्लब
नेपालबहस संवाददाता
फागुन २१, २०७७ शुक्रबार २१:२०:२१
२१ फागुन, काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले आजको दिन नयाँ उत्साह थप्ने दिन भएको बताएका छन् ।राष्ट्रियसभा गृहमा आयोजित सहमाति पत्र हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्दै महासचिव चन्दले यो ऐतिहासिक उपलव्धिले नेपाल देशलाई आत्मनिर्भर र स्वाधिन बनाउने बताएका छन् ।
नेपाली जनताको चाहना पूरा गर्ने दिशामा यो सहमति कोशे ढुँगा साबित हुने बताउँदै चन्दले सुखानीको जंगलमा पाँचजना नेताले गरेको बलिदानीको स्मरण गरे । नेपालको परिवर्तनकारी सहिदहरुलाई स्मरण गर्ने दिन मै हामीले यस्तो सहमतिपत्रमा हस्ताक्षर गर्ने मौका पाएको पनि उनले चर्चा गरे । सहिदको चाहना अझै पूरा हुन बाँकी नै रहेको पनि महासचिव चन्दले चर्चा गरे ।
कम्युनिष्ट आन्दोनलमा सबै नेताले ठूला कष्ट दुख भोगेको हुनाले आज सबै सहिद परिवारको चाहना पूरा गर्ने वाचा गर्नुपर्ने उनले औंल्याए ।
अब हाम्रा सबै साथीहरु जेलबाट छुट्ने विश्वास गर्दै महासचिव चन्दले भने उन्मुक्त आकासमा विचरण गर्दै जनताका पक्षमा काम गर्ने प्रतिवद्धता उनले प्रकट गरे ।
कम्युनिष्टहरु विद्रोह मात्र गर्दैन, परिस्थिति बदलियो भने शान्तिको दूत पनि त्यही कम्युनिष्ट हुन्छ भन्दै उनले भने– हामी तीन बुँदेप्रति प्रतिवद्ध छौं , त्यसलाई हामी स्वीकार्छाै । नेपाली समाज रुपान्तरणतर्फ उन्मुख छ ,त्यो पूरा हुन्छ । हामी नेपाली जनताकै चाहना बमोजिम देश बनाउन चाहेको कुरा आफूले प्रधानमन्त्रीसँग पटक पटक गरेको वताउँदै उनले भने– हाम्रा असहमति संविधान र संसदीय प्रणालीप्रति सहमति भएनौं, विद्रोह गरेकै हो , सबैतिर यो खाले सोच वा धारणा रहेको छ ,त्यसमा परिवर्तन हुनैपर्छ । अहिलेपनि हामी चाहन्छौं, जनमत संग्रह गरेर संसदीय व्यवस्थाबारे जनताका धारणा बुझौं । जनतालाई त्योे अधिकार दिनुपर्छ ।
जनता नै सबैभन्दा माथि छन् , त्यसैले त्यो फैसला गर्ने मौका जनतालाई दिनुपर्छ भन्ने मान्यता अहिलेपनि कायमै छ भन्दै उनले भने –त्यो आँट गरौं, अग्रगामी सोचका साथ जान सक्नुपर्छ । तर उग्र भएर हैन, सालिनतापूर्वक त्यो आँट गरौं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार