कांग्रेस वीपीका सभापतिलाई हृदयघात
नेपालबहस संवाददाता
फागुन २१, २०७७ शुक्रबार २१:३३:१२
२१ फागुन, काठमाडौं । नेपाली कांग्रेस(वीपी)का सभापति तथा कांग्रेसका प्रखर वक्ता नेता हरिवोल भट्टराईलाई हृदयघात भएको छ । मंगलबार साँझ ६ बजे हृदयघात भएका नेता भट्टराईको अवस्था शुक्रबारसम्म आइपुग्दा सुधाररात्मक अवस्थामा छ ।
नेता भट्टराईलाई मंगलबार साँझ एक्कासी श्वासप्रश्वासमा समस्या आएको थियो । परिवारजनले उनलाई तत्काल स्टार हस्पिटलमा भर्ना गरेका थिए । उपचार गरिए पनि थप उपचार संभव नभएपछि चिकित्सकहरुको रिफर अनुसार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल भर्ना गरिएको थियो ।
नर्भिकमा नेता भट्टराईको डा. जेपी जैसवाल नेतृत्वको मेडिकल टिमले राति ८ः३० बजे सर्जरी गरेको थियो । सर्जरी गरी ब्लक भएको तीनवटै आर्टरीमा स्टेन्ट राखिएको थियो ।
सर्जरीअघिदेखि नै नेता भट्टराईलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखी उपचार थालिएको थियो ।
हर्ट सर्जरी गरी स्टेन्ट राखेपछि बिस्तारै भेन्टिलेटरको सपोर्ट हटाइएको थियो । नेता भट्टराईले आज(शुक्रबार)देखि पूर्ण रुपमा होसमा आई कुराकानी गर्न सक्ने भएका डा. जैसवालले बताए । ‘उनलाई समयमै नर्भिक ल्याइएका कारण सबै कुरामा धेरै चाँडो ठीक गर्न हामी सफल भयौं ।’ डा. जैसवालले भन्नुभयो–‘उनको अवस्था लगभग खतरामुक्त रहेको छ ।’
७४ वर्षीय भट्टराईको अवस्थामा तीव्र सुधार भएका कारण ढिलोमा आइतबारसम्म वार्डमा सार्ने तयारी भइरहेको डा. जैसवालले जानकारी दिए । नेता भट्टराईका सुपुत्र अभिनव भट्टराईले नर्भिक इन्टरनेशनल हस्पिटलमा समयमै ल्याइपुर्याएका कारण आफ्नो पिताको ज्यान जोगिएको बताए ।
‘स्टार हस्पिटलबाट सोझै नर्र्भिक नल्याएको भए मेरो बुबाको ज्यानै जोखिममा पर्ने रहेछ ।’ उनले भने–‘नर्भिकको टिमले समयमै संभव सबै उपचार गरिदिएका कारण मेरो बुबाको ज्यान जोगियो, डा. जैसवालसहित सम्पूर्ण नर्भिकलाई मेरो आभार छ ।’
नेता भट्टराईको अगुवाईमा गत संसदीय निर्वाचनअघि नेपाली कांग्रेस (वीपी) नामको पार्टी गठन भएको थियो । पूर्व मन्त्रीहरु सुशीलमान शेरचन सो पार्टीका महामन्त्री हुन् । नेता भट्टराई पार्टीभित्रै पनि प्रखर वक्ताको रुपमा चिनिन्छन ।
उनले ०४३ सालमा काठमाण्डौको मेयरमा निर्वाचित भएका थिए । त्यसपछिका संसदीय निर्वाचनहरुमा काठमाण्डौका विभिन्न निर्वाचन क्षेत्रबाट उनले नेपाली कांग्रेसबाट टिकट पाई उम्मेद्वार बनेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
सुगरको तह २१७ पुगेपछि केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
बैशाख ११, २०८१ मंगलबार