विप्लव समुहका नेताहरुमाथि अोलीकाे ठट्यौली
नेपालबहस संवाददाता
फागुन २१, २०७७ शुक्रबार २१:४१:१४
२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी अोलीले विप्लव नेतृत्वको नेकपाका नेताहरुमाथि सम्बोधनका क्रममा ठट्यौली गरेका छन् । आफु १४ वर्ष जेल बस्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्री अोलीले विप्लव नेतृत्वका नेताहरु छोटो समयमै जेलबाट छुटेको भन्दै ठट्यौली गरेका हुन् ।
नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिको हस्ताक्षर समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले पार्टीका नेता धर्मेन्द्र बास्तोलामाथि व्यङ्ग्य गरेका हुन् । उनले भने, ‘धर्मेन्द्र बास्तोला जी बधाई छ, भर्खरै छुटेर आउनुभयो, । यति थोरै जेल बसेर छुटेर आउन पाए पो हुन्थ्यो, आफू त १४ वर्ष बसियो ।’ उनले त्यसो भन्दा हलभरि हाँसो गुन्जिएको थियो ।
प्रधानमन्त्रीले यसो भन्दै गर्दा राष्ट्रिय सभागृहमा हाँसोले गुञ्जिएको थियो । प्रधानमन्त्री ओलीले महासचिव विप्लवलाई साहसिक कदम चालेको भन्दै उनको प्रशंसा गरेका छन् । विप्लवको यो साहसिक कदम भन्दै उनले भने, ‘उहाँले साहसिक कदम चाल्नुभएको छ। ठूलो ऐतिहासिक निर्णय लिनुभएको छ। यसको लागि म उहाँलाई नेपाल सरकार र नेकपाको तर्फबाट धन्यवाद दिन चाहन्छु ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार