बुधबार , बैसाख ८, २०७८

आयोगलाई प्रचण्ड-नेपालकाे प्रश्न, मान्यता दिन किन ढिलाइ ?

आयोगलाई प्रचण्ड-नेपालकाे प्रश्न, मान्यता दिन किन ढिलाइ ?

२१ फागुन, काठमाडाैं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ले लिखित रूपमै निर्वाचन आयोगलाई आफूलाई मान्यता दिन किन ढिलाइ गरेको भन्दै प्रश्न गरेको छ । उक्त समूहका नेताहरू शुक्रबार दिउँसो निर्वाचन आयोगकाे कार्यालय कान्तिपथमा पुगेर बहुमतबाट सबै प्रक्रिया पूरा गर्दा पनि निर्वाचन आयोगले मान्यता नदिएकोमा असन्तुष्टि व्यक्त गरेका हुन्।

अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’को पाँच पृष्ठ लामो पत्र लिएर राजेन्द्र पाण्डेसहितका नेताहरु आयोग पुगेर उनीहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेका थिए । जवाफमा थपलियाले यस विषयमा आयोगले आइतबारदेखि छलफल थाल्ने बताएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत हटाएर नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाएको छ । तर निर्वाचन आयोगले उक्त समूहको यो निर्णयलाई मान्यता दिएको छैन। यसअघि बिहीबार केपी शर्मा ओली समूहका सांसद महेश बस्नेतले निर्वाचन आयोगमा पुगेर सांसदहरू पार्टी एकताको पक्षमा रहेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

वाग्मतीको सातौँ अधिवेशनमा छुट्टाछुट्टै कुर्सीको व्यवस्थापन हुने वाग्मतीको सातौँ अधिवेशनमा छुट्टाछुट्टै कुर्सीको व्यवस्थापन हुने २ हप्ता पहिले
सिटिजन्स बैंक पन्ध्रौं वर्षमा,चुक्ता पूँजी पुग्यो ११ अर्ब ६६ करोड सिटिजन्स बैंक पन्ध्रौं वर्षमा,चुक्ता पूँजी पुग्यो ११ अर्ब ६६ करोड ९ घण्टा पहिले
कोरोनाका कारण पाँचखाल लगानी सम्मेलन अन्योलमा कोरोनाका कारण पाँचखाल लगानी सम्मेलन अन्योलमा २ हप्ता पहिले
इन्डोनेसिया र इस्ट टिमोरमाकाे बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १५० नाघ्यो इन्डोनेसिया र इस्ट टिमोरमाकाे बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १५० नाघ्यो २ हप्ता पहिले
विशेष अदालतमा प्रभु बैंकको काउण्टर संचालन विशेष अदालतमा प्रभु बैंकको काउण्टर संचालन २ दिन पहिले
१०० जनाभन्दा बढी क्षमता भएको योगा भवन निर्माण हुँदै १०० जनाभन्दा बढी क्षमता भएको योगा भवन निर्माण हुँदै ६ दिन पहिले
बेलायतमा आगामी सोमबारदेखि लाग्दै आएको लकडाउनमा केही सहज बनाइने बेलायतमा आगामी सोमबारदेखि लाग्दै आएको लकडाउनमा केही सहज बनाइने २ हप्ता पहिले
गोसाइँकुण्ड धार्मिकमार्गमा खानाको मूल्यदर कायम गोसाइँकुण्ड धार्मिकमार्गमा खानाको मूल्यदर कायम २ हप्ता पहिले