बिहिबार , बैसाख २, २०७८

नारायणगढ-मुग्लिङ सडक साढे ४ घण्टा बन्द हुने

नारायणगढ-मुग्लिङ सडक साढे ४ घण्टा बन्द हुने

२१ फागुन, चितवन । आइतबारदेखि एक सातासम्म नारायणगढ- मुग्लिङ सडकखण्ड एक सातासम्म बन्द हुने भएको छ । दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने भएको हो । उक्त सडक खण्डको चारकिलोमा पहिरो रोकथामको काम गर्ने भएकाले बन्द गर्न लागिएको आयोजनाले बताएको छ ।

मुग्लिन नारायणगढ सडक आयोजना कार्यालयका अनुसार फागुन २३ गतेदेखि २९ गतेसम्म बिहान १०.३० देखि ३ बजेसम्म सडक दुइतर्फी रूपमै बन्द हुनेछ । उक्त समयअवधिभर नारायणगढ तर्फबाट गएका सवारी साधन जलबिरे र मुग्लिङतर्फबाट आउने सवारी साधनलाई मुग्लिङ नजिक शान्तिबजारमा रोकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त अवधिभर सम्भव भएसम्म वैकल्पिक सडकमार्ग प्रयोग गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय