आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार १६:१६:६
२३ फागुन, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडका केही ठाउँमा आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो ।
यस्तै आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै ठाउँमा र वाग्मती र प्रदेश-१ का एक र दुई ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।
अहिले पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली भइरहेको छ भने अरु ठाउँको मौसम सफा रहेको महाशाखाका मौसमविद्ले बताएका छन् । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन २३ गते (आइतबार)
दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागहरुको थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित वर्षा को सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : देशका पहाडी भू-भागहरुमा सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भू-भागहरुको थोरै स्थानहरुमा तथा वागमती र प्रदेस १ का एक वा दूई स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
फागुन २४ गते (सोमबार)
दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भू-भागहरुको केही स्थानहरुमा तथा वागमती र प्रदेश १ का थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भू-भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित वर्षा को सम्भावना रहेको छ ।
फागुन २५ गते (मंगलबार)
दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी वागमती र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : देशका पहाडी भू-भागहरुमा आंशिक बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशहरुको पहाडी भू-भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षा को सम्भावना रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबारदेखि मौसममा क्रमिक सुधार हुने
चैत १६, २०८० शुक्रबार
कस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार