लैङ्गिक हिंसा न्यूनीकरणका लागि अनुशिक्षण
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार १६:४५:२
२३ फागुन,काभ्रेपलाञ्चोक । एक सय ११औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नमोबुद्ध नगरपालिकामा १३ दिने लैङ्गिक हिंसा न्यूनीकरणका लागि अनुशिक्षण कार्यक्रम गरिएको छ । नगरको आयोजनामा ‘लैङ्गिक हिंसाविरुद्धको वर्ष, हिंसा न्यूनीकरण गर्नैपर्छ’ भन्ने नाराका साथ यही फागुन ९ गतेदेखि शुरु गरिएको अनुशिक्षण कार्यक्रम शनिबार सम्पन्न गरिएको हो ।
नगरका ११वटै वडामा आयोजित सचेतनामूलक कार्यक्रममा ६७३ महिलासहित ८६८ को सहभागिता रहेको थियो । नगरका सबै बासिन्दालाई हिंसाविरुद्ध सचेत गर्ने लक्ष्य लिएको यसपटकको कार्यक्रममा तीन प्रतिशत बासिन्दालाई सचेतना गराएको नगर उपप्रमुख रामदेवी तामाङले बताइन् । उनका अनुसार फूलबारीबाट शुरु गरिएको सचेतना लकाइने, कुरुगाउँ, पुरानागाउँ, छत्रेबाँझ, डराउनेपोखरी, धर्मशाला, पिपलबोट, कानपुर, काफ्लेथोक हुँदै भेडाबारीमा पुगेर समापन गरिएको थियो ।
अनुशिक्षणमा करिब तीन घण्टा मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले लैङ्गिक हिंसाको अवस्था र न्यूनीकरणका उपायका विषयमा सहभागीलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक–शिक्षिका, महिला स्वयंसेविका, समाजका अगुवा, कर्मचारी, प्रहरी, बाल समूहका प्रतिनिधि, महिला सहकारी संस्थाका सदस्य, गृहणी र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।
कार्यक्रममा महिला सहभागीले आफूले भोगेका हिंसाका विभिन्न सवालमाथि छलफल गरी लैङ्गिक हिंसा न्यूनीकरणका लागि स्थानीय जनप्रतिनिधि, शिक्षक–शिक्षिका, महिला स्वयंसेविका र समाजका अगुवाहरूको विशेष भूमिका रहने भएकाले उनीहरूलाई जवाफदेही बनाउन जोड दिइएको थियो ।
नगर महिला विकास शाखा प्रमुख तारादेवी सुनुवारले सबै वडामा अनुशिक्षण सकिएको बताउँदै फागुन २४ गते ‘महिलाको सुरक्षा, सम्मान र रोजगार,समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ र्याली, सभा र महिलाको क्षेत्रमा राम्रो काम गर्नेलाई सम्मानलगायतका कार्यक्रमका साथ १११औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइने जानकारी दिए । उनका अनुसार अनुशिक्षणमा स्वास्थ्य बीमाका विषयमा पनि जानकारी दिइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहानगरका महिला जनप्रतिनिधि र कर्मचारीको क्यान्सर जाँच शिविर
बैशाख ४, २०८१ मंगलबार
वैशाख १९ गतेदेखि कामपाले एक महिने ‘सीप मेला’ आयोजन गर्ने
बैशाख ४, २०८१ मंगलबार
वन्यजन्तु सप्ताहः सामुदायिक वनमा चरा अवलोकन
बैशाख ४, २०८१ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
बैशाख ५, २०८१ बुधबार
रास्वपाका नेता जोडिएको हाम्रो नयाँ कृषि सहकारीका आरोपीहरुविरुद्ध पनि मुद्दा नचल्ने
बैशाख ५, २०८१ बुधबार
ग्राहकको प्रतीक्षामा बसेका उद्यमी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
बौद्ध तेमाल जात्राको तयारी पूरा
बैशाख ६, २०८१ बिहिबार
कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई
बैशाख ६, २०८१ बिहिबार
गरिब देशमा नेस्लेले चिनीको मात्रा बढी भएका सेरेलक र मिल्क पाउडर बेचिरहेको दाबी
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार