सेनाको स्वास्थ्य शिविरमा ७२६ लाभान्वित
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार १७:७:१०
२३ फागुन,महेन्द्रनगर । नेपाली सेनाले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ७२६ स्थानीवासी लाभान्वित भएका छन् । आगामी शिवरात्रिका दिन हरेक वर्ष मनाइने सेना दिवसको पूर्वसन्ध्यामा नेपाली सेनाको श्री २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले साताव्यापी कार्यक्रमअन्तर्गत स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
त्यसका साथै सेनाले ब्रह्मदेवमा रहेका लोपोन्मुख राउटे र बादी समुदायलाई खाद्यान्न, झुल र कम्बलसमेत वितरण गरेको छ । स्वास्थ्य शिविरमा प्रसूति, आँखा, दात, ल्याब सेवा, इसिजी, भिडियो एक्सरे, जनरल फिजिसियन सेवा प्रदान गरिएको सेनाले जनाएको छ । नेपाली सेनाका सहसेनानी डा दिलीप पौडेलले शिविरमा जोर्नी दुख्ने, महिलामा पाठेघर र तल्लोपेट दुख्ने, छालासम्बन्धीका साथै दम, पत्थरीलगायतका रोगका बिरामीले सेवा लिएको बताए ।
सेनाको बाहिनी, गण तथा गुल्म, सैनिक श्रीमती सङ्घका साथै स्थानीय तह र कञ्चनपुर उद्योग वाणिज्य सङ्घ, महाकाली अस्पताल, स्वास्थ्य कार्यालयको सहयोग र समन्वयमा एक कार्यक्रमका बीच भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले शिविरको उद्घाटन गरेका थिए ।
सोही अवसरमा सैनिक टोलीले वृत्तचित्र प्रदर्शन र नृत्य प्रस्तुत गरेको थियो । श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी कृष्णबहादुर जिसीले सैनिक दिवसको अवसर पारेर स्वास्थ्य सेवाको पहुँचबाट टाढा र आर्थिकरूपले कमजोर नागरिकको घरदैलोमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताए ।
“निमुखा, विपन्न, निकुञ्जबाट स्थानान्तरण गरिएका पाँच स्थानमा हामीले स्वास्थ्य शिविर गर्ने योजना बनाएका छौँ”, उनले भने, “यसमा स्थानीय तह र निजी क्षेत्रको पनि हातेमालो रहेको छ ।” उनले ब्रह्मदेव, वेदकोट नगरपालिकाको जडेपानी र मुसेपानी, शुक्लाफाँटा नगरपालिकाको सिमलफाँटामा साताव्यापी कार्यक्रममा स्वास्थ्य शिविर आयोजना गरिने बताए ।
“त्यसका साथै महेन्द्रनगरमा मैत्रीपूर्ण फुटबल र भलिबल प्रतियोगिता पनि सेना दिवसका अवसरमा हुने तय भएको छ”, सहायकरथी जिसीले भने, “नागरिक–सैनिक सम्बन्ध थप सुदृढीकरण हुने अपेक्षा पनि हो ।”
सेनाले सैनिक दिवसका साथै अन्य समयमा पनि लामो समयदेखि स्वास्थ्य शिविर, जिल्लाको विपत् व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण र संवद्र्धन र सामाजिक कार्य गर्दै आएको छ । साताव्यापी कार्यक्रम श्री नं २५ बाहिनी, देवीदल गण मझगाउँ ब्यारेक र श्रीदल गुल्मको संयुक्त आयोजनामा सञ्चालन भइरहेको सेनाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
चैत १, २०८० बिहिबार
सेना दिवस र महाशिवरात्रिको बढाइँमा राष्ट्रपति सरिक
फागुन २५, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार