प्रचण्ड–माधवले भेटे सभामुख
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार १८:४:५४
२३ फागुन, काठमाडौं । सर्वाेच्च अदालतको आदेशले पुनस्थापित प्रतिनिधिसभाको बैठक आज अपरान्ह् ४ बजे बस्दैछ । बैठकका अजेण्डा र कार्यसूचीबारे संसद सचिवालयले अहिलेसम्म तयारी गरेको छैन् । पुष ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेलगत्तै संसद सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्तावको औचित्यबारे बहस हुन थालेको छ ।
सर्वाेच्चले विघटनदेखि पुनस्थापनासम्मको दिनलाई शून्य समय मानेकाले पनि उक्त अविश्वास प्रस्तावको औचित्यबारे प्रश्न उठेको थियो । साथै, अब संसदमा प्रचण्ड–माधव समूहको हैसियत के रहने र कुन बेञ्चमा बस्ने भन्ने विषय समेत पेचिलो बनेको छ । यसै सम्बन्धमा आज उक्त समूहका नेताहरुले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेका छन् ।
भेटमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, देव गुरुङ , कृष्णभक्त पोखरेललगायतका नेताहरु सहभागी थिए ।सभामुख सापकोटाले प्रचण्ड–माधव समूहलाई निर्वाचन आयोगले आधिकारिकता नदिएकाले दल घोषणा गर्न कानूनी अड्चन रहेको भनेका थिए ।
तर प्रतिपक्षीय भूमिका निर्वाह गर्ने वातावरण भने सिर्जना गर्ने आश्वासन सभामुखले दिएका छन् । आजको बैठकमा सभामुखले खेल्ने भूमिकालाई हेरेर मात्रै ओली समूहले आफ्नो रणनीति बनाउने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार