ओलीले लगाए कोरोना खोप
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार १८:४:३६
२३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्यसँगै ‘कोभिशिल्ड’ खोप लगाएको हो । उनले खोप लगाएसँगै मुलुकभर दोस्रो चरणको खोप अभियानसमेत शुरु भएको छ ।
उनीसँगै खोप लगाउन अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वाथ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट अस्पताल पुगेको थियो ।
खोप लगाएपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिडविरुद्धको अभियान सफल पार्न सबैमा अनुरोध गरे । उनले खोप सुरक्षित रहेकाले ढुक्क भएर लगाउन सर्वसाधारणलाई आग्रह गरे । प्रधानमन्त्री ओलीले खोप लगाएर आफूलाई कुनै पनि नकारात्मक असर नपरेको पनि जानकारी दिए । गृहमन्त्री रामबहादुर थापाले भने बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएको छ ।
सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । पहिलो चरणअन्तर्गत १ दशमलव ४ प्रतिशतलाई खोप प्रदान गरिएको छ । यसअघि सरकारले भारत सरकारको अनुदानमा १० लाख मात्रा खोप र खरीद गरिएको १० लाख मात्रा खोप ल्याइसकिएको छ भने १० लाख मात्रा खोप भारतबाट ल्याउने प्रक्रियामा छ ।
सरकारले आजदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउन थालेको छ । बीस दिनसम्म चल्ने ज्येष्ठ नागरिक खोप अभियानमा १६ हजारलाई खोप प्रदान गरिने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार