दमकमा व्यावसायिक फर्ममा महिलाको स्वामित्व बढ्दै
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार १८:२९:५१
२३ फागुन, दमक । झापाको दमकमा थपिएका नयाँ व्यावसायिक फर्ममा महिलाको सङ्ख्या बढ्दै गएको छ । कोरोना संक्रमण भए पनि जिल्लाको ठूलो व्यापारिक क्षेत्र रहेको दमकमा पुरानै लयमा दैनिकी फेरिएसँगै नयाँ व्यावसायिक फर्ममा महिलाको सङ्ख्या बढी देखिएको हो ।
दमक उद्योग वाणिज्य सङ्घको तथ्याङ्कअनुसार कोरोना संक्रमणबीच चालू आर्थिक वर्ष २०७७/०७८ को आठ महिनाका अवधिमा मात्रै १४० नयाँ व्यावसायिक फर्म दर्ता भएका छन् । तीमध्ये ७५ प्रतिशत बढी महिलाका नाममा दर्ता भएका छन् ।
सङ्घका अध्यक्ष गोकुल श्रेष्ठले कोभिडपछि पछिल्लो समय विस्तारै पुरानै लयमा आर्थिक चलायमान बन्दै गएपछि दमकमा नयाँ व्यवसायमा महिलाको आर्कषण बढ्दै गएको बताए ।
कानूनीरुपमै सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गएको तथ्य यसबाट प्रष्ट भएको अध्यक्ष श्रेष्ठको बुझाइ छ । नीतिगतरुपमा समेत महिला उद्यमी व्यवसायीलाई सहुलियत कर्जा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थाको नीतिका कारण पनि व्यावसायिक फर्म महिलाका नाममा सञ्चालन हुने क्रम बढेको हुनसक्ने श्रेष्ठ बताउँछन् ।
थपिएका फर्ममा अधिकांश होटल तथा खाजा घरसँगै फेन्सी तथा शृङ्गारका साधन, किरानालगायत व्यवसाय थपिएका सङ्घका कर्मचारी प्रकाश दाहाल बताउँछन् ।उनका अनुसार चालू आवमा हालसम्म सङ्घका सदस्यका रुपमा रहेका कूल ६२४ व्यावसायिक फर्म नवीकरण भएका छन् । सङ्घले १४० नयाँ फर्म दर्ता गरेबापत कूल रु एक लाख २५ हजार र ६२४ फर्म नवीकरण गरेबापत कूल रु दुई लाख २४ हजार शुल्क सङ्कलन गरेको छ ।
सङ्घले विश्वभर फैलिएको कोरोना महामारीका कारण नोक्सानी व्यहोरेका व्यवसायीलाई राज्यले दिने सेवासुविधा राज्यकै नीतिमा निर्भर रहने भए पनि सङ्घले आफ्ना सदस्यलाई नवीकरण शुल्कमा छुट दिएको छ ।
सङ्घले कोरोना महामारीका कारण गत पुस मसान्तभित्र सदस्यता नवीकरण गर्न आउने सदस्यलाई विलम्ब शुल्क नलिएको सङ्घले जनाएको छ । सङ्घले आगामी असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने व्यवसायीलाई लिँदै आएको नवीकरण शुल्कमा बढीमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरिएको तृतीय उपाध्यक्ष रमा सुब्बाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमाले र माओवादीले पेश गरे संकल्प प्रस्ताव
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमालेको ह्वीप
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार