दर्शकको रोजाइमा रुकमान र मेलिनाको ‘धेरै माया गर्छु’
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार १८:२२:३५
२३ फागुन, काठमाडौं । पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र मोडल तथा गायक रुकमान लिम्बूको स्वरमा ‘धेरै माया गर्छु’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा आफूलाई मनपर्ने प्रेमिकाप्रति कतिसम्म समर्पित गर्न सकिन्छ भन्ने भाव चित्रण गरिएको छ ।
हङकङको समुद्री तट तथा विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको यो भिडियो रुबुशा क्रियशनको अफिसियल यु–ट्युब च्यानल ‘रुबुशा च्यानल’मार्फत गत सोमबार सार्वजनिक गरिएको हो । यो भिडियोलाई पूर्णरुपमा फिल्मीशैलीमा निर्माण गरिएको छ ।
युगल पोमू लिम्बूले निर्देशन गरेको यस भिडियोमा गायक रुकमान लिम्बू, नेहा राई र हेमराज अन्छोङ्बो फिचरिङ छन् । कलाकारको अभिनयमा खोट लगाउने ठाउँ छैन । यो भिडियो हेरेपछि नेपाली म्युजिक भिडियो पनि स्तरिय बन्दोरहेछ भन्ने आभाष हुन्छ ।
भिडियोमा रुकमानले आफ्नी प्रेमिकाको लागि दृष्टिदान गरेका छन् । भिडियोलाई रोमान्टिक तवरले प्रस्तुत गरिएको भएपनि कथाले उठान गरेको विषय मर्मस्पर्शी छ । अहिलेको आधुनिक जमानामा पनि युवाहरु प्रेममा कतिसम्म समर्पित छन् भन्ने भिडियोको सार हो ।
गीतको बोल ‘धेरै माया गर्छु’ भनेजस्तै रुकमानले प्रेमिकालाई आफ्नो आँखादान गरे आफूलाई भन्दा बढी माया दिएका छन् । गीतका डम्बर नेपालीको शब्द तथा संगीत रहेको छ । भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन रहेको यस भिडियोलाई दर्शक तथा श्रोताले मन पराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ विमोचन
चैत ११, २०८० आइतबार
बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक
चैत ८, २०८० बिहिबार
गायक महेश काफ्लेको चाइना जापान सार्वजनिक ( भिडियो सहित )
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार