तनहुँमा स्थानीय तहले खेलकूद प्रवद्र्धन गर्दै
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार १९:८:४९
२३ फागुन, दमौली । कोरोना कहर अगाडि खेलकूदका गतिविधि भइरहने तनहुँमा कोरोना कहरका कारण एक वर्ष खेलकूद गतिविधि ठप्प भयो । जब कोरोनाको कहर सामान्य बन्न थाल्यो, पुनः तनहुँमा खेलकूदका गतिविधिले लय लिन थालेको छ ।
खेलकूदका गतिविधिलाई यहाँका स्थानीय तहले प्रवद्र्धन गर्न थालेका छन् । माघ १६ गते शहीद दिवसका अवसरमा चौथो व्यास नगर अल्ट्राम्याराथन सम्पन्न गरेको व्यास नगरपालिकाले नारी दिवसका अवसरमा यही फागुन २४ गते महिला हाफ म्याराथन गर्दैछ । खेलकूदका गतिविधिमार्फत् पर्यटकीय स्थानको प्रवद्र्धन र प्रचारप्रसार गर्ने प्रयास गरिएको नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वडा नं ३ व्यासगुफादेखि ऐतिहासिकस्थल वडा नं ११ तनहुँसुरसम्म म्याराथन हुनेछ । “धार्मिक रुपमा परिचित व्यासगुफा र ऐतिहासिकस्थलका रुपमा परिचित तनहुँसुरलाई खेलका माध्यमबाट जोड्ने उद्देश्यसहित म्याराथन गर्न लागेका हौ,” नगरप्रमुख न्यौपानेले भने ।
खुल्ला हाफ म्याराथनमा प्रथम हुनेलाई रु ४१ हजार ७७, द्वितीय हुनेलाई रु ३१ हजार ७७, तृतीय हुनेलाई रु २१ हजार ७७ र सान्त्वना हुने पाँच जनालाई रु ११ हजार ७७ प्रदान गरिनेछ । हाफ म्याराथन व्यास गुफादेखि सफासडक हुँदै ट्राफिक चोक, भोर्लेटार चोक, पृथ्वी राजमार्गको तालघरे, मुसेखोला, घाँसीकुवा, पराशर मार्गको सेरा, बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यारथोक, चण्डीथान, गद्दीचौतारा हुँदै वडा नं ११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा पुगेर टुङ्गिनेछ । उक्त दूरी २१ किमिको रहनेछ ।
ऋषिङ गाउँपालिकाले केही दिन अगाडि मात्रै प्रथम ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न ग¥यो । प्रतियोगितामा तनहँु र छिमेकी जिल्लाका १७ पालिकाको सहभागिता थियो । उक्त प्रतियोगितामा शुक्लागण्डकी नगरपालिकाले प्रथम स्थान हासिल गर्न सफल भयो । “खेलकूदको माध्यमबाट गाउँपालिकाको प्रचारप्रसार गर्ने उद्देश्य राखेका थियांै, उद्देश्य सफल भएको अनुभूति गरेका छौ”, गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले भने ।
शुक्लागण्डकी नगरपालिकाले प्रथम मेयर कप अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता, खुला ब्याडमिन्टन प्रतियोगिता र अन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गर्दैछ । प्रथम मेयर कप भलिबल र ब्याडमिन्टन प्रतियोगिता आगामी चैत १५ देखि १७ गतेसम्म सञ्चालन हुनेछ भने राष्ट्रपति रनिङशिल्ड फागुन २७ र २८ गते आयोजना हुने नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए ।
म्याग्दे गाउँपालिकाले माध्यमिक विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता आयोजना गरेको छ । नारी दिवसको अवसर पारेर गाउँपालिकाले शनिबारदेखि आजसम्म राधा माध्यमिक विद्यालयको खेलमैदानमा फुटबल आयोजना गरेको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु दश हजार, रु आठ हजार, रु पाँच हजार र ट्रफी प्रदान गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
डेम्बेले र एम्बाप्पेको गोलमा पिएसजी विजयी
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार