गल्वुबेँशीकी महिला टपरी गाँसेर आम्दानी गर्दै
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार १९:२४:३४
२३ फागुन, दमौली । व्यास नगरपालिका–१ गल्वुबेँशी निवासी सीता अधिकारी आजभोलि दिउँसोको समयमा टपरी गाँस्न व्यस्त छिन् । बिहानको घरधन्दा सकेपछि दिउँसोको समय मोबाइल चलाएर र टेलिभिजन हेरेर बित्ने गरेकामा उनलाई आजभोलि दिउँसोमा कमै मात्र फुर्सद हुन्छ ।
फुर्सदको समय सदुपयोग गर्दै अधिकारीले टपरी गाँस्न थालेकाे छ । जङ्गल गएर सालको पात टिपेर ल्याउने र टपरी गाँस्ने उनको आजभोलि दैनिकी बनेको छ । “पहिला पहिला यत्तिकै दिन बित्ने गरेको थियो, अहिले टपरी गाँस्ने कामले दिउँसो फुर्सद हुँदैन”, उनले भने, “समयको सदुपयोगसँगै आम्दानीको माध्यम बनेको छ ।”
नव आदर्श आमा समूहका १४५ जना महिलाले टपरी गाँस्न थालेको अध्यक्ष सावित्रा हड्खलेले जानकारी दिए । यहाँका महिलाले गाँसेको टपरी व्यास–२ कालिका मार्गमा रहेको ‘माँ अम्बे’ पूजा सामग्री उद्योगले खरीद गर्ने गरेको छ । उक्त उद्योग एक साता अगाडिबाट सञ्चालनमा आएको छ । “घरमै बसेर आम्दानी गर्ने स्रोत बनेको छ”, उहाँले भन्नुभयो, “महिलालाई उद्यमी बन्न सहयोग पुग्नुका साथै समयको पनि सदुपयोग भएको छ ।”
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी सभापति कल्पना गौलीले उक्त उद्योग सञ्चालनमा ल्याएको छ । महिलाले गाँसेको टपरी आफूले खरीद गरेर बजारमा बिक्री गर्ने गौलीले जानकारी दिए । उनका अनुसार आमा समूहले दैनिक एक हजार दुना टपरी उत्पादन गरेको छ ।
हाल बजारमा दुनाटपरीको राम्रो माग भए पनि स्थानीय सरकारका तर्फबाट भने यसमा सहयोग नभएको गौलीको गुनासो छ । “उद्योगमार्फत झण्डै पाँच सय महिलालाई रोजगारी दिने उद्देश्य रहेको छ, छिट्टै नै अगरबत्ती उद्योगसमेत सञ्चालन गर्ने लक्ष्य छ”, उनले भने।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि
बैशाख १०, २०८१ सोमबार
महोत्तरीका महिलालाई आत्मनिर्भर बनाउन साना किसान परियोजनाको सहयोग
बैशाख ९, २०८१ आइतबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
बैशाख ११, २०८१ मंगलबार