बीच भलिबलको उपाधि कञ्चनपुरलाई
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार २०:३६:३४
२३ फागुन, महेन्द्रनगर । कञ्चनपुरमा पहिलोपटक आयोजना गरिएको बीच भलिबल प्रतियोगिताको उपाधि यहाँस्थित भलिबल प्रशिक्षण केन्द्रको टोलीले जितेको छ । नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डाले सैनिक दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको साताव्यापी कार्यक्रम अन्तर्गत भलिबल प्रतियोगिता आयोजना गरिएको हो । बीच भलिबलमा सेनाको टोलीलाई हराउँदै महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रको टिमले उपाधि जितेको छ । प्रशिक्षण केन्द्रको टोलीले सेनालाई २–१ सेटको अन्तरले पराजित गरेको हो ।
भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीशप्रसाद भट्टको पहलमा केही समयअघि निर्माण सम्पन्न भएको बीच भलिबल कोर्ट सुदूरपश्चिमकै पहिलो भएको जिल्ला भलिबल सङ्घले जनाएको छ । त्यसैगरी सेनाले यहाँ सैनिक दिवसकै अवसरमा पुरुष तथा महिला मैत्रीपूर्ण भलिबल प्रतियोगितासमेत आयोजना गरेको छ ।
पुरुष भलिबलमा महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रको टोलीले सेनाको श्री नं २५ बाहिनी अड्डाको टिमलाई सोझो दुई सेटले पराजित गरेको छ । त्यसैगरी महिला भलिबलमा भने सेनाको टोलीले भलिबल प्रशिक्षण केन्द्रको टोलीलाई पराजित गरेको छ ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले उद्घाटन गरेको मैत्रीपूर्ण खेलमा उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष हेमविक्रम थापाले प्रशिक्षण केन्द्रलाई खेल सामग्री प्रदान गरेकाे छ ।
प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी कृष्णबहादुर जिसीले प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले सैनिक दिवसका अवसरमा यहाँ साताव्यापी स्वास्थ्य शिविर र विभिन्न मैत्रीपूर्ण खेलकूद आयोजना गरिनुका साथै राउटे, असहाय, विपन्न तथा वादी समुदायलाई खाद्य तथा कपडा वितरण गरिनेक्रम जारी रहेको जानकारी दिए ।
सेनाले शनिबार भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय ७०० भन्दाबढी लाभान्वित भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई
बैशाख ६, २०८१ बिहिबार
धनकुटाको हिलेमा अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता शुरु
बैशाख ४, २०८१ मंगलबार
नयाँ वर्षमा गलकोटमा वाटर भलिबल गेम हुने
चैत २८, २०८० बुधबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
प्रेमिकाले धोका दिएपछि प्रेमीले उठाए यस्तो डरलाग्दो कदम !
बैशाख ११, २०८१ मंगलबार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार