प्रदेश आयोजनाका काम धमाधम हुदै
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार २०:४७:१
२३ फागुन,विराटनगर । मोरङको पुष्पलाल चोक घिनाघाटदेखि विराट चोकसम्मको २२ किमी सडकमध्ये १० किमी सडक आगामी असारसम्ममा सम्पन्न हुने भएको छ । प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेको सो सडक मोरङका लागि मात्र नभएर अन्य जिल्लाका लागि पनि सर्वाधिक चर्चामा रहेको छ ।
विराटचोकदेखि घिनाहाघाटसम्म चार लेनमा विस्तारित सडकको २०७६ साल भदौ २३ गते प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ग्रामथान गाउँपालिकास्थित शिलान्यास गरेका थिए । सो सडक रु एक अर्ब ७६ करोडको लागतमा २२ किलोमिटर निर्माण हुने सो सडकलाई तीन खण्डमा विभाजित गरेको भौतिक पूर्वाधार कार्यालयले जनाएको छ ।
पहिलो र दोस्रो गरी २० किमी सडक श्रेष्ठ रमण एपेक्सले ठेक्कामा लिई काम शुरुआत गरेको छ भने तेस्रो प्याकजेमा दुई किमी सडक र घिनाघाटको पुल रु छ करोडको लागतमा निर्माण गर्न लामा बानियाँ कम्पनीले ठेक्का लिई काम शुरु गरेको कार्यालयका प्रमुख राजन रेड्डीले जानकारी दिए । उनले ठेक्कामा लागेका बाटोको १० किमी चालू आर्थिक वर्षमै सम्पन्न हुने र पुल बाहेकका अन्य बाटो आउने आर्थिक वर्षमा सम्पन्न हुने गरी निर्माण कम्पनीले तीव्र गतिमा काम गरिरहेको जानकारी दिए ।
सडक निर्माणबाट मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लासम्मका जनतालाई आवातजावतमा सुविधा पुग्ने बताइएको छ । सडकको गुणस्तरमा कमी आउन नदिन निरन्तर अनुगमन र परीक्षणको काम भइरहेको छ । विराटनगर महानगरपालिकाको पुष्पलाल चोक हुँदै झोराहाट, ग्रामथान गाउँपालिको नेताचोक, हरैचा हुँदै पूर्व–पश्चिम राजमार्गको सुन्दरहरैचा नगरपालिकाको विराटचोकमा गएर सडक जोडिने सो सडकको निर्माणसँगै स्थानीयवासी निकै उत्साहित भएका छन् ।
बहुवर्षीय योजना अन्तर्गत सुनसरी र मोरङका गरी रु नौ अर्बको लागतमा २१ वटा कालोपत्र सडक योजना सञ्चालन रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सुनसरीमा पाँच र मोरङ छ वटा पक्की पुल निर्माण गर्न रु २२ करोडको योजना सञ्चालनमा रहनुका साथै मोरङमा १२ वटा झोलुङ्गे पुल निर्माण गर्न रु छ करोड लागतको योजना सञ्चालनमा रहेको प्रमुख रेड्डीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
इलामा-२ मा नेकपा एसले जीतबहादुरलाई दियो टिकट
चैत १५, २०८० बिहिबार
इलाम–२ मा एमालेले सुहाङ नेम्वाङलाई बनायो उम्मेदवार
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार