नेकपा फुत्किंदाको कानुनी अफ्ठेरो
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार २२:२२:१२
२३ फागुन, काठमाडौं । सर्वाेच्च अदालतले आज नेकपा भन्ने दल ऋषिराम कट्टेलले नेतृत्व गरेकोलाई मानेपछि सत्तारुढ नेकपाको हैसियत र भविष्य फेरि अन्योलमा धकेलिएको छ । सर्वाेच्चको फैसला या त फेरि एकीकरणको प्रकृयासहित नयाँ नाम राख्न वा पूर्ववत हैसियतमा फर्कन आदेश गरेकोले सत्ताधारी दल भित्रको रडाको पुन नयाँ चरणमा प्रवेश गरेको छ ।
०७५ जेठ ३ गते तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण गर्ने निर्णय भएको थियो । सोही वर्षको भदौमा दुबै पार्टीले नाम परिवर्तन गरी नेकपा राखेका थिए । तर सर्वाेच्चले आज आयोगले दिएको मान्यता उल्टाइदिएको छ ।
अब पार्टी एकीकरणको नयाँ श्रृँखला अघि बढ्ने अवस्थामा छैन । त्यसैले पुरानै हैसियतमा जानुपर्ने बाध्यात्मक स्थिति निर्माण भएको छ । यसो हुँदा अब प्रतिनिधिसभामा एमालेको १२१ र माओवादी केन्द्रको ५३ सिट रहेको आधिकारिक मान्नुपर्ने भएको छ ।
तर राजनीतिक रुपमा भने प्रधानमन्त्री केपी ओली र प्रचण्ड–माधव पक्षमा दल विभाजित अवस्थामा रहेको छ । अब के होला त ? धेरैले अनौठो अवस्था मानेका छन् ।
सबैभन्दा अफ्ठेरो भनेको माधव नेपाल, झलनाथ खनाल,भीम रावल, योगेश भट्टराई, घनश्याम भूूषाल लगायत नेतालाई एउटा खेमामा परेको देखिन्छ भने अर्कातिर रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह , टोपबहादुर रायमाझीहरुलाई रनभुल्लमा पारेको छ । अब यो विवादको एउटा स्वरुप फेला नपरेसम्म अविश्वास प्रस्ताव लगायतका विषयमा तत्कालै कुनै निर्णय हुने देखिंदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार