विप्लवले भेटे कारागारमा रहेका दाजु चन्द्रबहादुर चन्दलाई
नेपालबहस संवाददाता
फागुन २३, २०७७ सोमबार ३:१३:३१
२३ फागुन, चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भरतपुर कारागारमा राजनीतिक बन्दी जीवन बिताइरहेका आफ्ना दाजुलाई भेट गरेका छन् । । उनले आज कारागार कार्यालय चितवनमा रहेका दाजु ६० वर्षीय चन्द्रबहादुर चन्दलाई भेट गरेका हुन् ।
कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार बम बिस्फोट गराएको अभियोगमा असोज २८ गते पक्राउपछि उनी कारागारमा थिए ।नवलपरासीको सुस्ता पश्चिमबाट पक्राउ परेका चन्द्रलाई उपचार गर्नुपर्ने भएपछि यहाँ ल्याइएको हो । दाजुभाइको भेटमा सँगै रहेका काफ्लेले दाजुलाई विकसित घटनाक्रम र सहमतिका विषयमा जानकारी गराएका थिए।
सरकारसँग सहमति भइसकेकाले प्रक्रिया मिलाएर केही दिनमा कारागारबाट छुट्ने जानकारी पनि उनले दाजुलाई गराएका थिए । झण्डै आधा घण्टाको भेटमा उनले दाजुको स्वास्थ्य अवस्थाका बारेमा विस्तृत रुपमा जानकारी लिएको काफ्लेले बताए । दाजु चन्द्रले भाइलाई आफूलाई भएको कोरोना संक्रमणदेखि अन्य समस्याका बारेमा अवगत गराएका थिए ।
नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी र सरकारका बीचमा सहमति भएसँगै सो पार्टीका कारागारमा रहेका बन्दीहरु छुट्ने भएका हुन् । भूमिगत रहेका नेता कार्यकर्ता भने शुक्रबारबाट सार्वजनिक भएका छन् । यस कारागारमा सो पार्टीका बन्दी चन्द्र मात्र रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार