नारी दिवसमा पूर्व कप्तान निरु थापा सम्मानित
नेपालबहस संवाददाता
फागुन २४, २०७७ सोमबार १८:५८:५१
२४ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ ले राष्ट्रिय फुटबल टोलीकी पूर्व कप्तान निरु थापालाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नेपाली फुटबलमा पुर्याएको योगदानको कदर गर्दै पूर्वकप्तान तथा नेपाल पुलिस क्लबकी खेलाडी निरुलाई एन्फाले सोमबार सम्मान गरेको हो ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महिला कमिटी संयोजक पेमा लामा, राखेप बोर्ड सदस्य तथा पूर्वमहिला मुख्य प्रशिक्षक हरि खड्काले नेपाल पुलिस क्लबकी स्ट्राइकर निरुलाई कदरपत्रले सम्मान गरेका थिए ।
गत वर्ष नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद ‘साग’ पछि निरुले राष्ट्रिय टिमबाट सन्यास लिएकी थिइन् । उनले क्लब फुटबल भने निरन्तर खेलिरहेकी छिन् ।
एन्फाले मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसको दिन ‘एएफसी वुमेन्स डे’ कार्यक्रम मनाउँदै आएको छ । नारी दिवसकै अवसरमा सोमबार एन्फा महिला सदस्य पूर्व तथा बर्तमान खेलाडी र रेफ्रीहरुले मैत्रीपूर्ण खेल खेलेका थिए । एन्फा अध्यक्ष कर्मा छिरिङले लामो समयसम्म महिला विकासका लागि योजना बनाएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार