मंगलबार जसपाले बोलायो संसदीय दलको बैठक
नेपालबहस संवाददाता
फागुन २४, २०७७ सोमबार २०:३७:४६
२४ फागुन, काठमाडौं । जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो एक बजे संसदीय दलको बैठक आब्हान गरेको हो । आइतबारबाट सुरु भएको प्रतिनिधिसभा बैठक फेरि बुधबारका लागि बोलाइएको छ ।
बुधबारको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न दलको बैठक बोलाइएको बताइएको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जनता समाजवादी पार्टी बनेपछि अहिलेसम्म अहिलेसम्म दलको संयुक्त बैठक बसेको छैन ।
दुई पार्टीबीच गत बैशाख ११ गते पार्टी एकीकरण भएको हो । पार्टी एकीकरणपछि पहिलो पटक बैठक बस्न लागेकाले सोमबार पूर्व राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका सांसदहरू छुट्टाछुट्टै छलफल गर्दै छन् । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आइतबार आधिकारिकता दिएपछि सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्रका रूपमा फर्किएका छन् ।
त्यसपछि केपी ओली नेतृत्वको सरकार तत्कालिन माओवादी सांसदहरूले समर्थन फिर्ता लिएमा स्वतः अल्पमतमा पर्ने भएको छ । अब जसरी भएपनि गठबन्धन सरकार निर्माण हुने भएकाले त्यस विषयमा छलफल गर्न जसपाले दलको बैठक बोलाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार