चलचित्र ए मेरो हजुर ४ को प्रदर्शन मिति तय
नेपालबहस संवाददाता
फागुन २४, २०७७ सोमबार २२:२२:३५
२४ फागुन, काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ४’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र आउँदो बर्षको भदौ १८ गतेबाट रिलिज हुने भएको छ । निर्माणपक्षका अनुसार चलचित्रको फस्टलुक सार्वजनिक गर्दै यसको प्रदर्शन मिति तय गरिएको हो ।
चलचित्रको फस्टलुकमा नायक अनमोल केसी र नायिका सुहाना थापा रोमान्टिक मुडमा देखिएका छन् । सुनिल कुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । यो चलचित्रमा झरना थापा र छेतेन गुरुङको कथा, मन्दिप गौतम, प्रतिक पौडेल र उपकार पाण्डे, झरना थापाा । छेतेन गुरुङको पटकथा तथा संवाद छ ।
चलचित्रमा बसन्त सापकोटा, आशिष अविरल, प्रतिक पौडेल, कल्याण सिंहको संगीत, संजय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको एक्सन, मित्र डी गुरुङको सम्पादन छ । चलचित्रलाई यो बर्षको दशैंमा रिलिज गर्ने तयारी यसको निर्माणपक्षको थियो ।
तर, कोरोना कारण लकडाउन भएपछि चलचित्र यो बर्ष रिलिज हुने सकेन । चलचित्रको करिब १० प्रतिशत छायांकन अझै बाँकी छ । फागुणको २७ गतेबाट चलचित्रको बाँकी छायांकन सुरु गर्ने तयारी गरिएको छ । चलचित्रको प्रदर्शन मिति तीजको छेको पारेर तय गरिएको हो । चलचित्रमा नायक अनमोल केसी, नायिका सुहाना थापा र नायक सलोन बस्नेतले अभिनय छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाघ ११ गते चलचित्र ‘अञ्जिला’ रिलिज हुने
चैत १५, २०८० बिहिबार
भोजपुरी फिल्म ‘साम्राज्य’ नेपाली भाषामा पनि बनाइने
चैत १४, २०८० बुधबार
‘महाजात्रा’ को दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक 'भिडियो'
चैत १४, २०८० बुधबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार