ज्योति लाईफको आईपीओ भर्नुभयो ? आवेदन दिने भोली अन्तिम दिन
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार १२:४५:०
२५ फागुन, काठमाडौं । ज्योति लाईफ इस्योरेन्सको आईपीओ भर्नुभयो ? भोली अर्थात फागुन २६ आवेदन दिन अन्तिम दिन रहेको छ । फागुन २१ गते शुक्रबारदेखि विक्री खुला गरिएको कम्पनीको आईपीओमा सोमवारसम्म १३ लाख ७६ हजार ७६१ जनाको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार सोमबार साझ ५ बजेसम्म यी आवेदकहरुबाट २ करोड ९८ लाख ७७ हजार ५४० कित्ता शेयर खरिद माग भएको हो । जुन मागभन्दा ५ गुणा बढी हुन आउँछ ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्य ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्य ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखेको छ ।
मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधि फागुन २६ गतेभित्रै बन्द हुनेछ । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै आस्बा सेवा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको यस आईपीओलाई केयर रेटिङले वित्तीय दायित्व समयमै पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित अवस्थाको संकेत गर्ने केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ प्रदान गरेको छ ।
जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी २ अर्ब कायम गर्न कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो । हाल ७० प्रतिशत संस्थापक तर्फबाट चुक्ता भएको पूँजी१ अर्ब ५४ करोड रहेको कम्पनीको आईपीओ पश्चात चुक्तापूँजी २ अर्ब २० करोड पुग्नेछ ।
कम्पनीको अपरिस्कृत वित्तिय विवरण अनुसार गत आर्थिक वर्ष ०७६/७७ सम्म प्रतिशेयर नेटवर्थ १३२ दशमलव ९४ र प्रतिशेयर आम्दानी १२ दशमलव ६५ रहेको छ । यस अवधिसम्म कम्पनीको खुद नाफा २८ करोड ६४ लाख १ हजार छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार