शिख माविमा छात्रावास भवन निर्माण
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार १६:१७:१६
२५ फागुन, म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माविको छात्रावास भवन निर्माण सकिएको छ । ढिलासुस्तीका कारण अधिकांश विकास आयोजना अलपत्र बनिरहेको अवस्थामा अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको छात्रावास भवन लक्ष्यभन्दा एक महिनाअघि नै सकिएको हो ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँगको साझेदारीमा १० कोठे छात्रावास भवन निर्माण गर्न गत २०७७ असार ५ गते उत्तरगङ्गा निर्माण सेवाले ठेक्का सम्झौता गरेको थियो । निर्धारित समयभित्रै भवन निर्माण सकेर गाउँपालिकालाई हस्तान्तरण गरेको निर्माण सेवाका सञ्चालक कृष्ण बरुवालले बताए ।
“कोरोनाका कारण सबै आयोजनाको ठेक्का सम्झौताको म्याद छ महिना थपिए पनि शिख माविको भवन निर्धारित समयअघि नै सकेर हस्तान्तरण गरेको छु”, उनले भने, “कोरोनाको जोखिम, लकडाउन, बाढीपहिराको असहज अवस्था भए पनि पर्याप्त मजदुर, उपकरण परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेर भवन निर्माण गरिएको हो ।”
एकतले भवनमा १० कोठा र सात शौचालय तथा शयनकक्ष छन् । रु एक करोड १० लाख लागत अनुमान गरिएको भवन बनाउन रु ८१ लाखमा ठेक्का लागेको थियो । दोस्रो चरणमा अर्को छात्रावास भवन बनाउन रु एक करोड ९२ लाख लागत अनुमान गरेर आह्वान गरिएको ठेक्का ३०।०२ प्रतिशत घटेर ढोरपाटन निर्माण सेवाले पाएको छ ।
गाउँपालिकाका इञ्जिनीयर ईश्वरबहादुर भण्डारीले तीनतले ३० कोठे भवन बनाउन लागिएको बताए । कम बोलेको ढोरपाटन निर्माण सेवालाई ठेक्का सम्झौताका लागि बोलाएको गाउँपालिकाले जनाएको छ । विसं २०७७ असार मसान्तसम्म भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ । विकट क्षेत्रका बालबालिकालाई विद्यालयमै खानेबस्ने सुविधासहित अध्ययनको व्यवस्था मिलाउने सामाजिक विकास मन्त्रालयको अवधारणाअनुसार आवासीय विद्यालय सञ्चालन गर्न लागिएको हो । गत वर्ष रु ६० लाख पठाएको मन्त्रालयले आवासीय विद्यालयको छात्रावास बनाउन यस वर्ष रु दुई करोड पठाएको थियो । छात्रावासमा घर टाढा भएका विद्यार्थीलाई खानेबस्ने सुविधा हुनेछ ।
कक्षा १२ सम्मको पठनपाठन हुने शिख माविमा हाल १८९ विद्यार्थी छन् । आवास सुविधा भएपछि घर टाढा भएका विद्यार्थीलाई सुविधा पुग्नुका साथै कम विद्यार्थी सङ्ख्या भएका विद्यालय गाभ्न सकिने प्रअ केदार कार्कीले बताउनुभयो । नयाँ छात्रावास भवन केही दिनमै प्रयोगमा ल्याउने तयारी गरिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
शिक्षकमाथि कारवाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलको विवरण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार