के नेपालमा सबै कुरा ठिक हुनेछ ?
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार १७:३:३७
म्यानमारकाे सैन्य ‘कु’ बिरुद्ध भैरहेको जनआन्दोलनमा सहभागी १९ बर्षिय युवती एन्जलले लगाएको टिसर्टमा लेखिएको slogan “Everything Will be Ok” अर्थात् “सबै कुरा ठिक हुनेछ” ले आज विश्वभर चर्चा पाएको छ। सामाजिक सञ्जालको भाषामा भन्ने हो भने यो धेरै नै भाईरल भएको विषय हाे ।
सुरक्षा फौजको गोली लागि मृत्युवरण गर्नु पुर्व उनले जोसिलो पारामा “We won’t run” and “blood must not be shed” भन्दै लगाएको नारा कम राष्ट्रवादी थियो वा हो ? त्यही दिन दर्जनौ बर्मेलीहरुले सहादत प्राप्त गरे तर एन्जलको टिसर्ट सबैको आखामा पर्यो ? उनी त्यो बर्बरतासँगै युग नारीमा दर्ज भईन।
बर्मेली इतिहासमा सुकी भन्दा कम पक्कै हुन छैनन् । शव्द र समय सापेक्ष कुराको भावनात्मक असर कति हुन्छ, यो एउटा उदाहरण हो । एन्जलको मृत्युपश्चात् सकारात्मक सोचसहित म्यानमारमा चलिरहेको आन्दोलनमा मेरो पनि समर्थन छ । फेब्रुअरी १ पर्यन्त म्यानमारमा भै रहेको जनआन्दोलन र पुष ५ गते प्रतिनिधिसभा विघटनपश्चात् नेपालमा सृजित राजनीतिक विचलन समान प्रकृतिका घटना हुन् ।
राजनीतिक हिसाबकिताब जेसुकै हुनसक्ला तर सामाजिक विचलन हुन नदिन नागरिक समाजको नेतृत्वदायी भूमिका अपरिहार्य छ । सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभाको अधिकार र सरकारलाई प्रतिनिधिसभाप्रति उत्तरदायी बनाउने मान्यता स्थापित गरेको छ । यस ऐतिहासिक कदमले राजनीतिक दलको स्वच्छेचारितामा अंकुश लगाएको छ ।
राजनीतिक वा सार्वजनिक पदमा बसेर नागरिक हितमा क्षति पुर्याउने माथि सजाय हुनुपर्दछ। तर राजनीतिक संस्कारमा दण्डहिनताको सिद्धान्त हावी छ । गणतन्त्र सामाजिक न्याय र समानतामा आधारित शासन प्रणाली हो भनेर संविधानले भने पनि जनताको सार्वभौममाथि कुठाराघात गर्ने काम भएको छ ।
आजको राजनीतिक परिदृश्य ध्रुवीकरणतर्फ उद्धत छ । ध्रुवीकरण कसका लागि र किन जनचासोको बिषय बन्नु पर्दछ। सरकार र नेकपा (विप्लव) बीचको सम्झौतापछि नेपालमा अब हिंसाको युग समाप्त भयो, अबका दिनमा शान्तिपूर्ण राजनीतिले गति लिनेछ । यो स्वागतयोग्य कदम हो भनिरहँदा कतै राजनीतिक ध्रुवीकरणले नेपाली जनतालाई फेरि हिंसा र द्वन्द्व पुनरावृत्तितर्फ धकेल्ने त होईन ? सचेत हुनुपर्ने बेला आएको छ ।
संसद पूनः स्थापनाको खुशीयाली मनाउन तत्पर भएकाहरुका लागि नेकपाको आधिकारिकताको फैसलाले पूनः राजनीतिक अन्यौलता थपेको छ। संसद पूनः स्थापनालाई मनमनै हार ठान्नेहरूका लागि अनेक छिर्के दाउ खोज्नु स्वभाविक होला । हिजो सत्ताको खेलमा मात्र व्यस्त संसदमा सशक्त प्रतिपक्षीको भूमिका निभाउन नसकेको र गुटबन्दीमा रुमलिएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सत्तामा कसरी पुग्ने भन्ने खेलमै व्यस्त छ ।
राजनीतिक अस्थिरतामा ऐचो पैंचो चल्छ भन्नेहरू सकृयता बढ्नु स्वभाविक हो । जनमत किन नाम मात्रको राजनीतिक दल भ्यागुतो प्रवृत्तिमा रमाउन पाएकै छन् । राजनीतिक अस्थिरताको मूलजरो राजनीतिक संस्कारमा छ । त्यसैले जनता अबका दिनमा राजनीतिक असन्तुष्टि, राज्यको व्यवहार र सार्वजनिक सुरक्षाका विषयमा सचेत हुनु जरुरी छ । शून्य राजनीतिकरणसहितको निजामती सेवा, सुरक्षा बल, नागरिक समाज रचनात्मक र दीर्घकालीन रणनीतिक स्पष्टतासहित अस्थिर परिस्थितिसित मुकाबिला गर्न तत्पर हुनु पर्दछ ।
आज विश्वभर चर्चामा रहेको “Everything Will Be Ok” अर्थात् “सबै कुरा ठिक हुनेछ” ले सार्थकता पाउनेछ । म्यानमारमा सहादत प्राप्त गर्ने १९ बर्षिय युवती एन्जल भनेर चिनिने ‘मा क्याल सिन’ले मात्र होईन, सामाजिक न्याय र समानतामा आधारित शासनप्रणाली गणतन्त्र ल्याउने क्रमसम्ममा नेपालमा सहादत प्राप्त गर्ने सहिदहरूप्रति सम्मान हुनेछ । नेपाली जनता थप आन्दोलनका लागि होइन, शान्ति र स्थिरताका लागि सबै कुरा ठिक छ नै भन्न चाहन्छन् । (लेखक अधिकारी सशस्त्र प्रहरी बल नेपालका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक हुन् ।)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजब चिनी तीतो हुन्छ: डा. अरुणा उप्रेती
चैत १२, २०८० सोमबार
अर्थतन्त्र दलाल र कमिसनखोरको चंगुलमा, अर्थमन्त्री खर्च गर्ने क्षमताको खोजीमा
चैत ९, २०८० शनिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार