मिष्टर एण्ड मिस प्लस टु आइकन २०२१ को उपाधि नेहा र विनिभलाई
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार १८:२४:३
२५ फागुन, काठमाडौं । एएनपी मेडिया हाउसद्वारा “मिष्टर एण्ड मिस प्लस टु आइकन २०२१” नामक सौन्दय तथा प्रतिभाको कार्यक्रम मिति २०७७ फाल्गुन २२ गते शनिबारका दिन आयोजना सम्पन्न भएको छ । “मिष्टर एण्ड मिस प्लस टु आइकन २०२१”मा मिस तर्फ नेहा कुमारी राय र मिष्टर तर्फ विनिभ श्रेष्ठ बिजेता बन्न सफल भएका थिए।
बिजेता नेहाले पब्लिक च्याइस, मोष्ट ट्यालेन्ट, मोष्ट पन्चुयल, फेसबुक च्वाइसको उपाधि र विनिभले पब्लिक च्याइस, मिष्टर फोटोजेनिक, फेसबुक च्वाइसको उपाधि हात पार्न सफल भएका थिए।
त्यसैगरी मिस तर्फ सदिक्षा श्रेष्ठ फष्ट रनर अप, मिस फोटोजेनिक, सबि श्रेष्ठ सेकेन्ड रनर अप, बेष्ट र्याम वाक, आयुषा दाहाल थर्ड रनर अप, बेष्ट स्पीच, हर्सना खातिवडा फोर्थ रनर अप, मोष्ट डिसिप्लेन, मोष्ट स्टाइलिस, सम्झना घले भ्युअर च्याइस, मिस कन्जुलारिटि, इरिका श्रेष्ठ बेष्ट पर्सनालिटी, आवृत्ति बैध मोष्ट चार्मीङ्ग, निरुता तामाङ्ग मोष्ट फ्रण्डली, कशिस कोइराला मोष्ट ब्युटीफूल, खुश्बु शाह मोष्ट कन्फीडेन्ट, मोष्ट पोजिटिभ एटीच्यट, शलु थापा बेष्ट डान्स, सरु महर्जन बेष्ट शिङ्गर, मोष्ट डिजरभिङ्ग, दिब्या नगरकोटी म्यानेजम्यान्ट च्वाइस , र मिष्टरमा रोहन महर्जन फष्ट रनर अप, मोष्ट ट्यालेन्ट, दिपेश परियार सेकेन्ड रनर अप, बेष्ट डान्स, विजय प्रधान मिष्टर र्याम वाक, मिष्टर हाण्डसम, स्वीभिन प्रीन्स बेष्ट सिङ्गर, बेष्ट पर्सनालिटी र आशुतोष बर्माले मिष्टर कन्जुलारिटिको उपाधि जितेका थिए।
उक्त कार्यक्रममा प्लस टु तथा विद्यालयमा अध्ययनरत छात्र–छात्राहरुको वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका तालिम लिएर फाइनलमा भाग लिएका थिए। यस कार्यक्रम राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भएको थियो । विगत लक डाउनको बेला “लिटिल प्राइड अफ नेपाल २०२० अनलाइन कम्पीटिशन, “ट्यालेन्ट हन्ट २०२० ‘अनलाइन कम्पीटिशन’ र “लिटिल स्टार आइकन २०२० ‘अनलाइन कम्पीटिशन’ भएको कार्यक्रमको क्राउन सेरोमेनी पनि त्यहि समयमा सम्पन्न गरिएको थियो ।
उक्त कार्यक्रममा शुवास न्यौपाने, फाइभर सुरक्षा बिशेषग्य तथा समाज सेवी र तेज गिरी, नायक तथा बैकरस्लाई विशेष सम्मान गरिएको कार्यक्रमको प्रबन्ध निर्देशक लब बहादुर कार्कीले जानकारी दिए ।
प्रमुख अथिति पूर्व मन्त्री मीनेन्द्र रिजालको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा निर्णायकहरु बरिष्ट गायक सिताराम पोखरेल, हिसानका उपाध्यक्ष स्वागत श्रेष्ठ र भि.ए. निकेतनका प्रिन्सीपल निर्णय एन।एस।के रहेका थिए । ए.एन.पी. मेडिया हाउसले संचालन गरेको कार्यक्रमको संयोजक शम्भु प्रसाद रेग्मी रहेका छन् भने प्रतियोगिताको कोरियोग्राफी सुमी बानीयाँले गरेकी थीइन। कार्यक्रम संचालन रोजीन शाक्यले गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसनबाट १३ जना छानिए
चैत २६, २०८० सोमबार
पहिलो पटक मिस युनिभर्समा भाग लिँदै साउदी अरब
चैत १५, २०८० बिहिबार
सौन्दर्य प्रतियोगिता मिसेस नेपाल क्यानडा भव्यरुपमा सम्पन्न
माघ १८, २०८० बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार