ओलीका सारथी रामबहादुरहरु परे फसादमा
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार १९:५६:३८
२५ फागुन, काठमाडौं । सर्वाेच्च अदालतले पूर्व एमाले र माओवादी केन्द्र पुनस्थापित गर्ने फैसला गरेलगत्तै प्रचण्ड–माधव समूह विघटन भयो । हिजो साँझ यो समूहले पेरिसडाँडामा स्थायी कमिटीको अनौपचारिक बैठक ग¥यो । अदालतको फैसलामा चित्त नबुझेपनि कार्यान्वयन गर्न वाध्य माधवकुमार नेपाललगायत नेताहरु एमाले पार्टीतिरै फर्कने निर्णयमा पुगे । सोही बमोजिम आजबाट नेकपा एमाले भित्रै रहेर आफ्ना विचार र सिद्धान्तमा बहस चलाउने पक्षमा नेताहरु पुगे ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीलाई यो निर्णयले तत्कालका लागि ठूलै राहत दियो । तर नेता नेपाल लगायत ठूलै समूह फेरि पार्टीमा आउने अवस्थाले उनको टाउको दुखाई भने अझै बढेको छ । माधव नेपाल र झलनाथ खनालको खप्की सुन्नुपर्ने श्रृँखला फेरि सुरु हुने भएको छ । नेपाल ,खनाल लगायत बूढा नेता प्रचण्डसँग टाँस्सिएर रहुन् भन्ने ओलीको पनि चाहना थियो । तर यो फैसलाले ओलीलाई फेरि त्यही काउसो भिर्न बाध्य तुल्याएको छ ।
उता, पूर्व माओवादी केन्द्रका नेताहरु जो अहिले ओली निकट छन्, तिनका सन्दर्भमा भने ओलीलाई अर्काे झड्का परेको छ । संकटका बेला आफूलाई साथ दिने रामबहादुर थापा, टोपबहादुर रायमाझी ,लेखराज भट्टको संकटमोचन गर्ने अवस्था यतिखेर रहेन । त्यसैले माधव नेपालहरु भित्रँदा रामबहादुर थापाहरु बाहिरिने चिन्ता उनलाई परेको छ ।
यद्यपि ओली पक्षमा आएका पूर्व माओवादीहरु भने अब नफर्कने बताउँदै छन् । त्यसो हुँदा उनीहरुको पद जान सक्छ । माओवादीका तर्फबाट निर्वाचित यी सांसद्ले पार्टी छाडेभने कारबाही भोग्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा के गर्ने भन्ने चिन्ता स्वयं उनीहरुलाई नै परेको छ । गृहमन्त्री थापा आफ्ना सबै सहयोगी छाडेर ओली क्याम्पमा आएका छन् । अब ओलीसँगै रहँदाको हैसियत खुम्चिने उनले अन्दाज गरिसकेका छन् । ओलीले हिजो जस्तो एकलौटी गर्न सक्ने अवस्था नरहन सक्छ ।
किनभने माधव नेपालहरु पनि कमजोर अवस्थामा छैनन् । त्यसैले पूर्व माओवादी नेताहरु एमाले व्यूँतिएपछि पेलिने अवस्थामा पुग्न सक्ने देखिन्छ । रौतहटबाट निर्वाचित प्रभु साह र कैलालीका लेखराज भट्ट पनि अब नेता नेपाल र भीम रावलको राप र तापमा पिल्सिने अवस्थामा पुगेका छन् । आज प्रचण्डले पूर्व माओवादी केन्द्रको स्थायी कमिटी बैठक डाकेका छन् । उक्त बैठकमा उनले ओली पक्षमा लागेका नेताहरुलाई समेत बोलाएका छन् । बैठकमा जाने नजानेबारे अहिलेसम्म ठोस निर्णय भइसकेको छैन । तर आजको बैठकमा नजाने सोच सबै नेताले बनाएको बुझिएको छ ।
माओवादी केन्द्रमा नफर्कंदा धेरै क्षति पुग्ने नेता थापा, भट्ट र साह नै हुन् । खानेपानी मन्त्री मणिचन्द्र थापा र उर्जा मन्त्री रायमाझी भने त्यति ठूलो संकटमा नपर्न सक्छन् । मणि थापा कतैबाट निर्वाचित होइनन् भने रायमाझी चाहिं नेकपा माओवादी केन्द्रको उमेदवारका रुपमा अर्घाखाँचीबाट निर्वाचित हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार