आगामी चैतमा बाग्मतीस्तरीय कराते प्रतियोगिता हुने
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार २०:४२:२
२५ फागुन,बनेपा । काभ्रे कराते एकेडेमीको आयोजना तथा नेपाल सितोरियो कराते सङ्घ काभ्रेको संयोजकत्वमा आगामी चैत १ र २ गते बनेपामा बाग्मती प्रदेशस्तरीय कराते प्रतियोगिता हुने भएको छ । यसअघि २०७६ सालमा नै गर्ने तयारी भएको सो प्रतियोगिता कोभिड–१९ को प्रभावका कारण स्थगित भएको थियो ।
खेलमार्फत समय अनुकूल अझ सबल र सक्षम खेलाडी तथा रेफ्रीहरु उत्पादन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सो प्रतियोगिताले आन्तरिक र बाह्य पर्यटक आकर्षण वृद्धि हुने जनाइएको छ । प्रतियागितामा महिला र पुरुष गरी दुई विधामा खेल हुने आयोजकले जनाएको छ । आयोजना संयोजन गर्ने संस्था नेपाल सितोरियो कराते सङ्घका अध्यक्ष प्रताप वैद्यका अनुसार महिलातर्फ सातवटा समूह ४० केजीदेखि ६८ केजी तौल समूहका अतिरिक्त काटा र पुरुषतर्फ ४५ केजी तौल समूहदेखि ७५ र सोभन्दा माथि खुल्ला तथा काटा गरी आठ समूहमा प्रतिस्पर्धा हुनेछन् ।
प्रतियोगितामा प्रदेशभित्रका एक जिल्लाबाट तोकिएको एउटा तौल समूहमा भाग लिन आउने व्यवस्था गरिएको आयोजकले जनाएको छ । सो प्रतियोगितामा १३ जिल्लासहित आयोजक संस्थाका गरी १४ समूहका करीब २१० जना खेलाडीहरुले सहभागिता रहने छ । प्रतियोगितका लागि करीब २२ लाख ८७ हजार खर्च लागत अनुमान गरिएको आयोजक संस्थाका अध्यक्ष कुवेर मानन्धरले जानकारी दिए । बनेपाको लायकु मञ्चमा हुने प्रतियोगिताका लागि सबैजसो खेलाडीहरुको छनोट भइसकेको सङ्घका उपाध्यक्ष राजेशकुमार श्रेष्ठले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहृदयघातका कारण गैर जापनिज विश्व सुमो च्याम्पियनका अकेबोनोको मृत्यु
चैत ३०, २०८० शुक्रबार
नयाँ वर्षमा धनगढी हाफ म्याराथन प्रतियोगिता हुने
चैत २८, २०८० बुधबार
गोपीचन्द्र पार्की शुक्रबार लन्डन जाने
चैत २८, २०८० बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार