सोमबार , बैसाख ६, २०७८

के तपाई शिवरात्रिका दिन काम विशेषले घर बाहिर निस्किँदै हुनुहुन्छ ?

के तपाई शिवरात्रिका दिन काम विशेषले घर बाहिर निस्किँदै हुनुहुन्छ ?

२६ फागुन, काठमाडौं । बिहीबार शिवरात्रि पर्व परेकाे छ । पर्वका अवसरमा पशुपति मन्दिर आसपासका क्षेत्रमा भोलि सवारी साधन नचल्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले एक सूचना जारी गर्दै पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी चल्‍न नदिने भएको हो ।

महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न सूचनामा उल्‍लेख गरेको छ । शिवरात्रि पर्वमा आराध्यदेव पशुपतिनाथको पूजा गर्न देशविदेशबाट लाखौं भक्तजन काठमाडौं आउँछन् । भक्तजनहरु काठमाडौं ओइरिँदा पशुपतिनाथ मन्दिर वरिपरिको क्षेत्रमा अत्यधिक चाप बढ्छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यसैले यातायात आवागमन सहज बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष योजना बनाएर सार्वजनिक गरेको छ । तपाईं बिहीबार काम विशेषले घर बाहिर निस्किँदै हुनुहुन्छ भने वा पशुपतिनाथ दर्शनका लागि जाँदै हुनुहुन्छ भने महानगरीय ट्राफिक प्रहरी महाशाखाले निर्धारण गरेको सवारी रुट, पार्किङ क्षेत्रलगायतका विषयमा पनि जानकारी लिन जरुरी छ ।

शिवरात्रिका अवसरमा पशुपति क्षेत्रभित्र पर्ने चावहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको चक्रपथमा सार्वजनिक गाडी निरन्तर चल्ने छन् । यस्तै, मालबाहक गाडीलाई पनि रोक्ने गरी सुरक्षा एवं यातायात योजना बनाइएको कोषले जनाएको छ । शिवरात्रिका अवसरमा ६० वटा संस्थालाई स्वयंसेवा गर्न, २५ वटा संस्थालाई स्वास्थ्य शिविर राख्न र २० संस्थालाई निःशुल्क भोजनको व्यवस्था गर्न अनुमति दिइएको छ ।

यस्ताे छ, सवारी रुट :

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय