पाठेघर खसेका १५ महिलाको निशुल्क उपचार
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बुधबार १६:२५:३२
२६ फागुन,जाजरकोट । अर्थाभाव तथा लाजका कारण पाठेघर खस्ने समस्या लुकाएर बसेका महिलाको निःशुल्क उपचार भएको छ । यहाँका पाठेघर खसेका १५ महिलाको उपचार सम्पन्न भएको हो । अर्थाभावका कारण नेपालगञ्जलगायत शहरी क्षेत्रमा गई उपचार गराउन नसक्दा कतिपयको अकालमै मृत्यु भएको घटना जाजरकोटका लागि नयाँ भने होइन ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आयोजना र स्वास्थ्य सेवा कार्यालय जाजरकोटको समन्वयमा भएको शिविरमा १५ महिलाले नयाँ जीवन पाएका हुन् । प्रतिष्ठानको आयोजनामा यसभन्दा पहिले तीनपटक यस्तो खालको शिविर भइसकेको छ ।
प्रतिष्ठानका सिनेट सदस्य सत्य पहाडीले जाजरकोटमा पाठेघर खस्ने महिलाको सङ्ख्या अत्यधिक रहेको भन्दै बर्सेनि यस्ता कार्यक्रम जाजरकोटमा गरिएको बताउछन् । “महिलाका समस्या कसैले बुझ्दैनन्, हामी महिला भएकै कारण त्यस्ता पीडा महसुस हुन्छ अनि जिल्लामा यस्ता खालका निःशुल्क कार्यक्रम गरिरहनुपर्छ”, पहाडीले भने । तीन दिनसम्म पाठेघर खसेका महिलाको शल्यक्रिया सेवा सञ्चालन गरिएको थियो । “एक महिलाको पाठेघरको शल्यक्रिया गर्न मात्रै रु ६० देखि ९० हजारसम्म लाग्छ, जाजरकोटबाटै जिल्लाबाहिर जान गाडी भाडादेखि होटल खर्चसहित रु एक लाखभन्दा बढी खर्च जुटाउनुपथ्र्यो, जिल्लामै निःशुल्क शल्यक्रिया भएपछि लाखौँ रुपैयाँ जोगिएको छ, यस्तो अवसर कमै मात्रामा पाइन्छ”, डा सुबी बस्न्यातले भनीन् । स्वास्थ्य शिविरमा ३५ वर्षदेखि ५५ वर्ष उमेरसम्मका महिलाको शल्यक्रिया गरिएको छ ।
“पाँच वर्षदेखि पाठेघर खस्ने समस्याले ग्रसित थिएँ, लाज मान्ने बानीले गर्दा न आफ्नो समस्या परिवारलाई भन्न सकेकी थिएँ न पटक–पटक गाउँघरमै पुग्ने स्वास्थ्यकर्मीलाई रु यस्ता समस्याले ग्रसित पार्दै गएपछि थला परेकी हुँ, यसपटक जिल्लामै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि शल्यक्रिया भएको छ”, छेडागाड नगरपालिका–१ बडावनकी सुन्तली बुढाथोकीले भनीन्, “शल्यक्रियापछि स्वास्थ्य हलुङ्गो महसुस भएको छ, पाठेघर खस्ने समस्याले सार्वजनिक भेलामा जानसमेत समस्या हुन्थ्यो अहिले सहज छ ।” उनले पूर्वशान्तिमन्त्री पहाडी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक टोलीलाई समेत धन्यवाद दिइन् ।
त्यस्तै जिल्लामै पाठेघरको शल्यक्रियापछि लामो समयदेखि ग्रसित नलगाड नगरपालिका–४ की मैसरी विक पनि खुशी भएको बताउछिन् । उनको पनि आइतबार पाठेघरको शल्यक्रिया भएको थियो । शल्यक्रियापछि आफ्नो स्वास्थ्यमा सुधार आएको उनले बताइन् । गर्भवती अवस्थामा आराम नगर्ने, प्रसूतिपछि उचित स्याहार तथा आराम नगर्ने, कडा परिश्रम गर्ने, गह्रौँ भारी बोक्ने र चुरोट पिउनेलगायतका कारण पाठेघर खस्ने चिकित्सकको भनाइ छ ।
दुर्गम क्षेत्रका महिला योे समस्याबाट धेरै पीडित रहेको स्वास्थ्यकर्मी बताउँछन् । “पीडित महिला पति र सासू÷ससुराको डर तथा छिमेकीको लाजले यति ठूलो समस्यालाई लुकाएर बस्दै आएको पाइएको छ । आफ्नो समस्या पतिलाई समेत व्यक्त गर्न नसक्ने कस्तो लाज, डर होला रु”, डा पुनले भने । पीडित महिला कतिले लाज र अवहेलना होला भन्ने डर, कतिले पतिले दोस्रो विवाह गर्लान् भन्ने डर, घरायसी काम कसले गर्ला भन्ने डर, चेतनाको कमी, बच्चाको स्याहारसुसार गर्न अप्ठ्यारो हुन्छ कि भन्ने डरलगायत कारणले यो समस्या लुकाउने गरेको पाइएको छ । कति थाहा पाएर शल्यक्रिया गर्न डराएर पनि पीडित बनेको डा बस्न्यातले बताइन् । पीडित महिलाले भन्न नमान्दा पनि समस्या भएको हो ।
पाठेघर खस्ने समस्याका तीन चरणमध्ये पहिलो अभ्यास गर्ने, दोस्रो रिङ प्रेसरी राख्ने र तेस्रो शल्यक्रिया गर्नुपर्ने डा बस्न्यातको भनाइ छ । अङ्ग बाहिर निस्केपछि फोहर तथा घर्षणले फुल्न गई सङ्क्रमण हुँदा शल्यक्रिया गर्नुपर्ने बाध्यता हुन्छ”, डा बस्त्यातले भनीन् । जिल्लाको छेडागाड, नलगाड, बारेकोट, कुशे र शिवालय गाउँपालिकाका महिलामा यो समस्या बढी भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सुनिल पुनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
बैशाख १३, २०८१ बिहिबार
चैत २७ मा कर्णालीको मुख्यमन्त्री भएका कँडेलले बल्ल नियुक्त गरे एक जना मन्त्री
बैशाख १२, २०८१ बुधबार
कर्णालीमा मन्त्रालयको भागबण्डामै सकस, आज सानो आकारको मन्त्रीमण्डल बन्ने
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार