कोरोना समयको शुल्क मिनाहा गर्न अखिलको माग
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बुधबार १६:५४:१८
२६ फागुन,भरतपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनले शैक्षिक संस्थाले कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउन र निषेधाज्ञा समयको शुल्क लिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अनेरास्ववियु चितवनका संयोजक प्रकाश आचार्यले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “महिनौँसम्मको लकडाउनले गर्दा देशको शैक्षिक सत्र प्रभावित बन्न पुगेको थियो । लामो समयको अन्योलतापछि वैकल्पिक सिकाइका नाममा चर्को शुल्क असुल्ने, यातायात सुविधालगायत विभिन्न शीर्षकमा लिइएको पाइएकाले सो शुल्क तत्काल खारेज गर्न सम्बन्धित निकायलाई जोडदार माग गर्दछौँ ।”
अनेरास्ववियुले लकडाउन अवधि (आठ महिना)को मासिक शुल्कलगायतका अन्य शुल्क मिनाहा गर्नुपर्नेलगायतका ११ बुँदे माग राखेको छ । वार्ता र छलफलको माध्यमबाट एक हप्ताभित्र माग सम्बोधन नगरेमा यसबाट सिर्जना हुने जस्तोसुकै परस्थितिको सामना गर्न तयार रहन अनेरास्ववियुले चेतावनी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार