
२६ फागुन, काठमाडौं । एमाले र माओवादी केन्द्र अलग भएको पत्र संसद सचिवालयमा पुगेकाे छ । नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र निर्वाचन आयोगबाट संसद सचिवालयमा आइपुगेको हाे ।
संसद सचिवालयले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का सांसदहरूलाई संसद बैठक कक्षमा छुट्टाछुट्टै लहरमा बस्ने व्यवस्था मिलाउने भएको छ।
प्रतिनिधिसभाको बैठक आज बस्दैछ। आयोगले मंगलबार नै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) साविकको अवस्थामा कायम भएको पत्र पठाएको थियो। संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने बताए ।
सर्वोच्च अदालतको फैसला अनुसार निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग भएको निर्णय गरेको थियो । यसअघि गत आइतबार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको पार्टी एकीकरण बदर गरिदिएको थियो । सर्वोच्चको सो फैसलासँगै यी दुई दल पूर्ववत अवस्थामा फर्किएका छन् ।
प्रतिक्रिया