शुक्रबार , बैसाख ३, २०७८

शिवरात्रिमा मनिषाको ‘महामृत्युञ्जय’ भजन सार्वजनिक हुँदै

शिवरात्रिमा मनिषाको ‘महामृत्युञ्जय’ भजन सार्वजनिक हुँदै

२६ फागुन, काठमाडौं । नेपाली मुलकी बलिउड अभिनेत्री मनीषा कोइरालाकाे शिवरात्रिको अवसरमा ‘महामृत्युञ्जय’ भजन सार्वजनिक हुने भएकाे छ ।  केही दिन अगाडि उनकै स्वरमा रेकर्ड भएको यो भजन नेपाल तथा भारतमा एकसाथ सार्वजनिक हुने बताएको छ । कोइरालाको स्वरमा रेकर्ड भएको यो पहिलो गीत (भजन) हो ।

भजन सांगीतिक समुह ‘सुरसुधा’सँगको सहकार्यमा कोइरालाले भजन ल्याउन लागेकी हुन् । जसको जानकारी उनले बुधबार एक ट्वीट मार्फत गराएकी छन् । ट्वीटमा उनले भजनको सार्वजनिक र सहकार्यबारे जानकारी दिएकी छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सुरसुधाका तबलाबादक सुरेन्द्र श्रेष्ठले महामृत्युन्जय मन्त्रलाई आफैंले संगीतबद्ध गरेर तयार गरेका हुन् । भजनमा अभिनेत्री कोइरालासहित सुरसुधाकै गायिका सरस्वती खत्री तथा तबलाबादक श्रेष्ठको पनि स्वर रहेको छ ।

भजनको म्युजिक भिडियो भोली एक कार्यक्रमका बीच सार्वजनिक गर्ने योजना बनाइएको छ । साढे चार मिनेट लामो भजनमा कोइरालाको स्वरमा मन्त्र पाठ तथा गायन समेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय