बिहिबार , बैसाख २, २०७८

माओवादी बैठक सुरु, प्रतिनिधिसभा बस्ने तयारीमा

माओवादी बैठक सुरु, प्रतिनिधिसभा बस्ने तयारीमा

२६ फागुन, काठमाडौं । निर्वाचन आयोगले पूर्व नेकपालाई एमाले र माओवादी केन्द्रका रुपमा व्यवहार गर्न संघीय संसद्लाई पत्राचार गरेपछि आजबाट आसन पनि फेरिने भएको छ । पुनस्थापित प्रतिनिधिसभाको दोस्रो बैठक अहिले दिउँसो १ बजे बस्दै छ ।

बैठक कक्षमा अब नेकपा माओवादी केन्द्रका लागि बेग्लै आसनस्थल तयार गरिएको संसद् सचिवालयले जनाएको छ । आजको बैठक सुरु गर्नुअघि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक गर्ने भएका छन् । बैठक सुचारु गर्न यस्तो बैठक आयोजना गर्न लागिएको सचिवालयले जनाएकोछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसैबीच , हिजोबाट औपचारिक रुपमै विभाजित भएको भएको नेकपा माओवादी केन्द्रले आज पनि स्थायी कमिटी बैठक डाकेको छ । अहिले मुख्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा वर्तमान केपी ओली सरकारको विकल्पमा अर्काे गठबन्धन बनाउन कसरी अगाडि बढ्ने भन्ने विषयमा नै छलफल गरिने बुझिएको छ ।

हिजो पनि बैठक बसेको थियो । उक्त बैठकले नयाँ समीकरण नबनेसम्म ओली सरकारलाई कायम समर्थन यथाबत राख्ने तर तत्कालै नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने निर्णय गरेको थियो । सोही बमोजिम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो साँझ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका थिए ।

दुबै नेतासँग भएको छलफल र भावी रणनीतिबारे आजको बैठकमा प्रचण्डले नेताहरुलाई जानकारी गराउने भएका छन् । आज भने ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताइएकोछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

स्मार्टडोकोले ल्यायो नयाँ वर्षको अफर, अनलाइन सामान खरिद गर्दा ६६ प्रतिशतसम्म छुट पाइने स्मार्टडोकोले ल्यायो नयाँ वर्षको अफर, अनलाइन सामान खरिद गर्दा ६६ प्रतिशतसम्म छुट पाइने १० घण्टा पहिले
टिपर दुर्घटनामा परी दाजुभाइको मृत्यु टिपर दुर्घटनामा परी दाजुभाइको मृत्यु १० घण्टा पहिले
हेटौँडा अस्पतालमा क्यान्सर पत्ता लगाउनका लागि परीक्षण सेवा हेटौँडा अस्पतालमा क्यान्सर पत्ता लगाउनका लागि परीक्षण सेवा १० घण्टा पहिले
श्रीमानसँगै कोरोना अस्पतालमा भर्ना भएकी महिलाको मृत्यु श्रीमानसँगै कोरोना अस्पतालमा भर्ना भएकी महिलाको मृत्यु १२ घण्टा पहिले
एम्बुलेन्स दुर्घटनामा परी चालकको मृत्यु एम्बुलेन्स दुर्घटनामा परी चालकको मृत्यु ११ घण्टा पहिले
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता १० घण्टा पहिले
वीरगञ्जमा कोरोनाबाट ४२ वर्षीया महिलाको मृत्यु वीरगञ्जमा कोरोनाबाट ४२ वर्षीया महिलाको मृत्यु १२ घण्टा पहिले
हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याउछौ : कानूनमन्त्री यादव हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याउछौ : कानूनमन्त्री यादव ९ घण्टा पहिले