शुक्रबार , बैसाख ३, २०७८

लक्ष्य प्राप्ति भएपछि किसानसँग धान खरीद कार्य बन्द

लक्ष्य प्राप्ति भएपछि किसानसँग धान खरीद कार्य बन्द

२६ फागुन, वीरगञ्ज । नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले लक्ष्य प्राप्ति भएपछि किसानसँग धान खरीद गर्ने कार्य बन्द गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गरी सङ्घीय सरकारले तोकेको लक्ष्य प्राप्ति भएकोले फागुन २० गते दिउँसो १ बजेबाट धान खरीद गर्न बन्द गरिएको जानकारी गराएको सो कार्यालयका शाखा प्रमुख विकाश कटुवालले राससलाई बताए।

सङ्घीय सरकारले चालू आर्थिक वर्षमा ३५ हजार क्वीन्टल सोना मन्सुली धान खरीद गर्ने लक्ष्य दिएकामा कार्यालयले तोकिएको अवधिभित्र रु १० करोड ९ लाख ७५ हजार मूल्य बराबरको ३५ हजार क्वीन्टल सोना मन्सुली धान खरीद गरी लक्ष्य भेट्टाएको छ । पाँच हजार क्वीन्टल जिरामसिनो धान खरीद गर्ने लक्ष्य पाएकोमा रु तीन लाख ४१ हजार मूल्य बराबरको ११८ क्वीन्टल मात्र जिरामसिनो धान खरीद गर्न सकेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस क्षेत्रमा जिरामसिनो धानको खेती कम मात्रामा हुने गरेको तथा निजी जिल्ला व्यापारीभन्दा कम दररेटमा जिरामसिनो धान खरीद गर्ने भएकाले लक्ष्य प्राप्ति हुन नसकेको सो कार्यालयका सूचना अधिकारी मुनिलाल कुशवाहाले बताए । कार्यालयले चालू आर्थिक वर्षमा सोना मन्सुली धान प्रति क्वीन्टल रु दुई हजार ८८५ र जिरा मसिनो धान प्रतिक्वीन्टल दुई हजार ९०० मा खरीद गरेको हो । अघिल्लो वर्षभन्दा यस वर्ष सोना मन्सुली धान खरीदको मूल्य आठ प्रतिशतले बढी भएको तर जिरामसिनो धान पाँच प्रतिशतले कम मूल्य निर्धारण गरिएको थियो ।

मङ्सिर ११ गतेबाट संस्थानले किसानबाट धान खरीद शुरु गरेपछि तीन महिना १० दिनभित्रै लक्ष्य प्राप्ति गरेको थियो । यसपालि करीब ८०७ जना किसानले संस्थानलाई धान बेचेर आर्थिक लाभ लिन सफल भएको कार्यालयले जनाएको छ । एउटा किसानले औसत ४४ क्वीन्टलसम्म धान बेचेका थिए । अघिल्लो आवमा संस्थानले सोना मन्सुली धान रु २५ हजार क्वीन्टल र जिरामसिनो धान ३२ क्वीन्टल खरीद गरेको थियो ।

खरीद गरिएको धान कुटानी गरी चामल बनाउने काम भइरहेको छ । यहाँबाट उत्पादित चामल वीरगञ्ज, रौतहट, भीमफेदी र चितवन कारागारमा लाने गरिन्छ भने बाँकी रहेको चामल नेपालको अन्य शाखा कार्यालयमा तथा कर्णाली प्रदेशसम्म जाने गरेको छ ।

कार्यालयले अचानक सूचना प्रकाशित गरी धान खरीद कार्य स्थगित गरे पनि फाटफुट रुपमा किसान धान बेच्न उक्त कार्यालयमा आउने गरेको भए पनि धान खरीद कार्य बन्द गरेपछि किसान निराश भएर घर फर्किन बाध्य भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

गण्डकी र लुम्विनी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव लगिदैं    गण्डकी र लुम्विनी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव लगिदैं    १५ घण्टा पहिले
भारतमा देशव्यापी लकडाउन आवश्यक नभएको दाबी भारतमा देशव्यापी लकडाउन आवश्यक नभएको दाबी १९ घण्टा पहिले
राष्ट्रिय खाद्य बैंकको केन्द्रिय कार्यालय आजबाट शुभारम्भ राष्ट्रिय खाद्य बैंकको केन्द्रिय कार्यालय आजबाट शुभारम्भ १४ घण्टा पहिले
ढोरबाराही मन्दिरमा भक्तजनको भीड ढोरबाराही मन्दिरमा भक्तजनको भीड १० घण्टा पहिले
वीरगञ्जमा कोरोनाबाट ४२ वर्षीया महिलाको मृत्यु वीरगञ्जमा कोरोनाबाट ४२ वर्षीया महिलाको मृत्यु १४ घण्टा पहिले
विश्वरभरका गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न ओलीको आग्रह विश्वरभरका गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न ओलीको आग्रह १९ घण्टा पहिले
निजामती विधेयकविरुद्ध सिंहदरवार भित्रै विरोध प्रर्दशन,चार कर्मचारी पक्राउ निजामती विधेयकविरुद्ध सिंहदरवार भित्रै विरोध प्रर्दशन,चार कर्मचारी पक्राउ १३ घण्टा पहिले
जिल्ला अस्पतालमा भेन्टिलेटर छ जनशक्ति छैनन् जिल्ला अस्पतालमा भेन्टिलेटर छ जनशक्ति छैनन् १० घण्टा पहिले