बिहिबार , बैसाख २, २०७८

संसदीय दलको कार्यालयमा नेकपा एमालेको बोर्ड

संसदीय दलको कार्यालयमा नेकपा एमालेको बोर्ड

२६ फागुन, काठमाडौं । नेकपा एमालेले संसदीय दलको कार्यालयबाट नेकपाको साइनबोर्ड हटाएको छ । नेकपा नामको साइनबोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ । संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी ओलीको कार्यकक्षमा राखिएको नेम प्लेटमा पनि नेकपा हटाएर नेकपा एमाले लेखिएको हाे ।

सर्वोच्च अदालतको गत आइतबारको फैसलाबाट नेकपाका दुई घटक एमाले र माओवादी केन्द्र अलग–अलग भएपछि कार्यालयहरुमा साइन बोर्ड तथा नेताहरुको नेम प्लेट फेर्ने क्रम जारी छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सोमबार एमालेले धुम्बाराहीस्थित पार्टी कार्यालयमा पनि नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखेको थियो । पेरिसडाँडास्थित कार्यालयमा भने माओवादी केन्द्रको बोर्ड राखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय