सोमबार , बैसाख ६, २०७८

कोरोना केस बढेसँगै अक्षयको ‘सूर्यवंशी’ रिलिज नहुने

कोरोना केस बढेसँगै अक्षयको ‘सूर्यवंशी’ रिलिज नहुने

२६ फागुन, एजेन्सी ।  बलिउडका नायक अक्षय कुमारको चलचित्र ‘सूर्यवंशी’ अप्रिल २ बाट रिलिज हुने पक्का जस्तै छ । तर, यसको मेकरले अब भने अप्रिल २ मा चलचित्र रिलिज नगर्ने भएको छ । रोहित सेट्टीको निर्देशनमा बनेको यो चलचित्रमा अक्षय कुमार र कट्रिना कैफ मुख्य भूमिकामा छन् । अप्रिल २ बाट चलचित्र रिलिज गर्न यसका मेकर तयार भएका थिए ।

तर, अब भारतका विभिन्न स्थानमा कोरोना भाइरसको केस बढेसँगै चलचित्र ‘सूर्यवंशी’ अप्रिल २ मा रिलिज नहुने भएको छ । अक्षय र रोहित सेट्टीले पनि तत्काल चलचित्र रिलिज गर्न नहुने निर्णय गरेका हुन् । महंगो बजेटमा बनेको चलचित्रलाई दर्शकको शत प्रतिशत अकुपेन्सीका साथ व्यापार हुन आवश्यक छ । योसँगै फेरि भारतमा कहिलेबाट दर्शकको चाप हलमा देखिन्छ भन्ने अनुमान लगाउन गाह्रो परेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

चलचित्र ‘सूर्यवंशी’ले हलमा दर्शक तान्ने र यसको असर नेपाली चलचित्रमा पर्ने विश्लेषण गर्दै केही मेकरले चैत्र २७ लाई प्रदर्शन मिति तोकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय