आइतबार , बैसाख ५, २०७८

ओलीलाई प्रचण्डको काउसो त छुट्यो तर माधव नेपालको घाँडो जीवितै

ओलीलाई प्रचण्डको काउसो त छुट्यो तर माधव नेपालको घाँडो जीवितै

२६ फागुन, काठमाडौं । फागुन ११ गते सर्वाेच्च अदालतले विघटित प्रतिनिधिसभा पुनस्थापना गरेपछि राजनीतिक रुपमा कर्नरमा परेका प्रधानमन्त्री केपी ओलीलाई फागुन २३ को सर्वाेच्चको अर्काे फैसलाले राहत दिएको छ । लगभग भीरबाट खसिसकेको ओलीको राजनीतिक जीवन जोगिएको छ, तर उनका चुनौती भने अझै चुलिएका छन् ।

पुष ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक धरातलमा एक्लो परेका उनी सबैको तारो बनेका थिए । खासगरी आफ्नै पार्टीका बहुमत नेता ओलीको कदमविरुद्ध सडकमै ओर्लिएको अवस्था टिढलाग्दो थियो । तैपनि ओलीको दम्भ र अहंकार भने घटेको थिएन । तर सरकारको आयु लगभग सकिएको बुझाई भने ओलीमा देखिएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पार्टी भित्रबाटै बहुमत सदस्य विरोधमा थिए नै, विपक्षी दलहरुसमेतको प्रचण्ड विरोधले गर्दा ओली लोकप्रियताको ग्राफ ओरालो लागेको थियो । राजनीतिक भविष्य नै धरापमा पर्ने अवस्थामा रहेकै बेला ओलीका लागि के खोज्छस् कानो आँखा भनेजस्तो गरी फागुन २३ को फैसला आयो । उक्त फैसलाले नेकपा भन्ने पार्टीमाथि साबिक एमाले र माओवादी केन्द्रको हकदैया नलाग्ने भयो । साथै, पूर्ववत् रुपमै फर्कने गरी नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताउने कामसमेत सर्वाेच्चको फैसलाले गरिदिएको छ ।

फैसलालाई तत्कालिक हिसाबले व्याख्या गर्दा ओली अनुकूल र माधव नेपाल प्रतिकुल लागेको छ । तर कालान्तरमा यसले कस्तो प्रभाव पर्ला तिर चाहिं खासै समीक्षा भएको पाइन्न । फागुन २३ को फैसलाले ओलीलाई प्रचण्डको काउसो त छुट्यो तर माधव नेपालको घाँडो चाहिं फेरि पनि आइलागेको छ । अब नेकपा एमालेमा माधव , झलनाथ, भीम रावल जस्ता दिग्गज नेता फर्केका छन् । उनीहरुको आगमनले ओलीलाई तत्काल सत्ता जोगाउन त सहज होला तर सुदूर राजनीतिक भविष्य चाहिं फेरि पनि क्याउँक्याउँतिरै पु¥याउनेतिर लग्नेछ ।

ओली चाहन्थे, प्रचण्डसँगै माधव , झलनाथ र भीम रावलहरु उतै जाउन् । त्यति हुँदा चाहिं हाइसञ्चो हुने बुझाई ओलीको थियो । तर ओलीको चाहना अनुसारको परिस्थिति बनेको छैन । अदालतको फैसला कार्यान्वयन गर्ने भन्दै ओलीका जानी दुश्मन नेताहरु फेरि ओली प्रवृत्ति विरुद्ध संघर्ष गर्ने नगरा बजाउँदै एमाले फर्किएका छन् ।

उनीहरुको फर्काईको प्रभाव र असर ओलीलाई हरेक कदममा पर्नेछ । यसको सुरुआत सत्ता गठबन्धनबाटै प्रारम्भ हुने अवस्था छ । अब ओलीले माधव , झलनाथ र भीम रावललगायत १२० जनाको होल्ड त गर्लान् तर त्यतिले बहुमत जुट्दैन । बाध्य भएर उनले अरु पार्टीको साथ र समर्थन लिनैपर्छ । यसरी समर्थन लिनका लागि ओलीको पहिलो प्रयास जसपासँग अघि बढेको छ ।

उसको समर्थन लिन ओलीले हत्या आरोपी रेशम चौधरीको रिहाई गर्ने शर्त मान्ने संकेत गरेका छन् । जबकी यो शर्त माधव नेपालहरुबाट अनुमोदन गराउन सहज छैन । साथै, सत्ताका लागि ओली कतिहदसम्म गिर्दारहेछन् भन्ने हल्ला पिटाउने काम माधव पक्षबाटै हुनेछ । त्यस्तै कदाचित ओली सरकार टिक्ने अवस्था बन्यो भने उनले नेता नेपालसँग सम्झौता नगरी उपाय छैन ।

किनभने पार्टी र संसदीय दलमा नेपाल पक्ष पनि कमजोर छैन । सबैलाई समेटेर लैजाने दायित्व पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीको हुनेछ । तर सहज छैन । ओलीका हरेक काममा अब संस्थागत रुपमै अवरोध र विरोध हुनेछ । माधव नेपालहरु नरहँदा त्यो स्थिति थिएन । त्यसैले ओलीका लागि एमाले पुनस्थापनाको अदालती फैसला भावी दिनमा थप चुनौती र संघर्षमय बन्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जनरल ईन्स्योरेन्सका संचालक दीपेन्द्र अग्रवाल निलम्बित, सम्पति शुद्धीकरणले पनि थाल्यो अनुसन्धान जनरल ईन्स्योरेन्सका संचालक दीपेन्द्र अग्रवाल निलम्बित, सम्पति शुद्धीकरणले पनि थाल्यो अनुसन्धान २ घण्टा पहिले
कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा खण्ड मर्मत कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा खण्ड मर्मत ८ घण्टा पहिले
चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरे चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरे ११ घण्टा पहिले
वाणीमा २० लाखको लागतमा अस्थायी प्रहरी पोष्ट वाणीमा २० लाखको लागतमा अस्थायी प्रहरी पोष्ट ११ घण्टा पहिले
त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्याण्डस्द्वारा मलेशिया पराजित त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्याण्डस्द्वारा मलेशिया पराजित २ घण्टा पहिले
निकट भविष्यमै नेपाल पक्षसँग पार्टी एकता हुन्छ : पौडेल निकट भविष्यमै नेपाल पक्षसँग पार्टी एकता हुन्छ : पौडेल ५ घण्टा पहिले
मिथिलामा अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी छठ पर्व मनाइँदै मिथिलामा अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी छठ पर्व मनाइँदै ९ घण्टा पहिले
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख नाघ्यो विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख नाघ्यो १ घण्टा पहिले