बुधबार , बैसाख ८, २०७८

म्यानमारले बेलायतबाट आफ्नो राजदूत फिर्ता बोलायाे

म्यानमारले बेलायतबाट आफ्नो राजदूत फिर्ता बोलायाे

२६ फागुन, एजेन्सी । म्यानमारले बेलायतबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ । प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पक्षमा वकालत गरेको भन्दै बेलायतका लागि म्यानमारका राजदूत काय ज्वार मिनलाई फिर्ता बोलाइएको हो ।

बीबीसीसँगको कुराकानीमा म्यानमारको सेनाले गत फेब्रुअरी १ मा गरेको कूको विरोध गर्दै प्रजातन्त्रवादी नेताहरुलाई तत्काल रिहा गर्न माग गरिएकाे थियाे ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

ज्वार मिनले अहिले म्यानमारमा देखिएको समस्याको समाधान अमेरिका वा बेलायतमा नभई म्यानमारमा नै भएको बताएका छन् । उनले यो अभिव्यक्ति दिएसँगै बेलायतका विदेशमन्त्री डोमिनिक राबले प्रशंसा गरेका थिए । उनले सेनाको विरुद्ध बोल्ने साहस गर्नु निकै प्रशंसनीय रहेको उल्लेख गरेका थिए ।

म्यानमारको हिरासतमा रहेकी प्रजातन्त्रवादी नेतृ सुकीलाई अहिले कहाँ राखिएको छ भन्ने खुलेको छैन । उनको रिहाइको लागि अन्तर्राष्ट्रिय समुदायले पनि म्यानमारलाई दबाब दिँदै आएका छन् । साथै म्यानमारमा सेनाको कदमविरुद्ध निरन्तर प्रदर्शन हुँदै आएको छ । यो प्रदर्शनमा अहिलेसम्म ६० भन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय