कथाकार पराजुलीको कथा सङ्ग्रह कुमाता तेस्रो संस्करणमा
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बुधबार १८:४५:४३
२६ फागुन,चितवन । चितवनका पत्रकार एवं कथाकार वसन्त पराजुलीको कथा सङ्ग्रह ‘कुमाता’ को तेस्रो संस्करण प्रकाशन हुने भएको छ । एक वर्षअघि आजैका दिन सार्वजनिक भएको कुमाता कथा सङ्ग्रहलाई तेस्रो संस्करण प्रकाशन गर्ने निर्णय भएको भुँडीपुराण प्रकाश प्रालिले आज विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रालिका शैक्षिक निर्देशक अनुपम पराजुलीद्वारा जारी विज्ञप्तिमा एक वर्षमा तेस्रोपटक पुस्तक प्रकाशन गर्न लेखकसँग लिखित सहमति भएको जनाइएको छ । कथा सङ्ग्रहको तेस्रो संस्करणको आवरण नयाँ कलरमा छापिने पनि प्रालिले जानाएको छ । भुँडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको कुमाता कथा सङ्ग्रह २०७६ फागुन २६ गते पहिलोपटक प्रकाशन भएको हो । यसको दोस्रो संस्करण २०७७ असारमा प्रकाशन भएको थियो ।
चितवन साहित्य परिषद्को चिसाप राजकृष्ण कँडेल साहित्य पुरस्कार, राउन्ड टेबुल गसेफ हेटौँडाको सम्मान र हाम्रो मझेरी प्रतिष्ठानको स्रष्टा सम्मानबाट सम्मानित भएको कुमाता कथा सङ्ग्रहले छोटो समयमा नै पाठकको मन तान्न सफल भएको प्रालिका शैक्षिक निर्देशक पराजुलीले बताए । पत्रकार एवं कथाकार वसन्त पराजुलीले नारीप्रधान विषयवस्तुलाई टपक्क टिप्दै काल्पनिकताको जलप लगाएर कथाहरू तयार भएकाले पाठकहरुले यसलाई मन पराई दिएको बताए ।
समाज सदियौँदेखिको जकडिएको पितृसत्तात्मक प्रवृत्तिलाई उधेन्ने काम कथामा भएको जनाउनुहुँदै कथाकार पराजुलीले महिलाको पीडा, महिलामाथिको दमन, दुःख र शोषणको उजागर गराउनु कथा सङ्ग्रहको धेय भएको बताए । कुमाता कथा सङ्ग्रहमा १० वटा कथा समेटिएका छन् । गरिबी, वैदेशिक रोजगारी, प्रेम, विश्वास, यौन, धोका, जेल जस्ता सन्दर्भहरु कथामा समेटिएका छन् । कथाकार पराजुलीले कतिपय समाजमा देखिएका र नदेखिएका सत्यलाई उजागर गरिएको बताउछन् ।
यस कथा सङ्ग्रहलाई देशका अन्य भागमा जस्तै चितवन र छिमेकी जिल्लाका पाठकले पनि मन पराएको सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले बताए । उनका अनुसार चितवन, मकवानपुर र नवलपरासीमा स्थानीय सङ्घसंस्थाले कार्यक्रमको आयोजना गरी पुस्तकको समीक्षा गरेका थिए । पछिल्लो समय साहित्यमा कलम चलाउन थालेका पराजुलीको कथा सङ्ग्रहसमेत प्रकाशनको तयारीमा छ । पराजुली विगत २२ वर्षदेखि चितवनमा रहेर गोरखापत्र दैनिकमा काम गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा
माघ २८, २०८० आइतबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार