शुक्रबार , बैसाख ३, २०७८

मेगा बैंकसहित यी पाँच कम्पनीको शेयरमा उच्च माग ?

मेगा बैंकसहित यी पाँच कम्पनीको शेयरमा उच्च माग ?

२६ फागुन, काठमाडौं । लामो समयदेखि करेक्सनको यात्रामा अधि बढिरहको नेप्सेमा बुधबार पाँच कम्पनीको शेयरमा उच्च माग देखिएको छ ।

आज बुधबार नेप्सेमा कारोबारमा आएका कम्पनीहरुमध्येमा चन्द्रागिरि हिल्स कम्पनी, मेगा बैंक, अरुण भ्याली हाइड्रो कम्पनी, ग्लोबल आइएमई समुन्नत योजना र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको शेयरको उच्च देखिएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नेप्सेमा चन्द्रागिरी हिल्स कम्पनीको आईपीओ सूचीकृत गरेपश्चात आज बुधबासम्म आईपुग्दा बढोत्तरी कै यात्रामा बढिरहेको छ । कम्पनीले माघ २३ गते, शुक्रबार एक करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो ।

 

333

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ९६ रूपैयाँ ६९ पैसादेखि अधिकतम २९० रूपैयाँ ७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियो ।

कारोबार सुरु भएदेखि फागुन २६ गते सम्म आईपुग्दा कम्पनीको प्रतिशेयरमूल्य ८ सय नाघेको छ । प्रतिशेयरमूल्य ८ सय नाघेपनि शेयर बेच्ने शून्य छन् । भने शेयर खरिद गर्नेको चने चाप देखिन्छ ।

त्यस्तै, अरुण भ्याली हाइड्रो कम्पनी शेयरमा पनि उच्च माग देख्न सकिन्छ । कम्पनीलाई मंगलबार धितोपत्र बोर्डले हकप्रद शेयर निष्कासनको लागि अनुमति दिएको थियो ।

 

to5

जसकारण बिहीबार कम्पनीको शेयर किन्नेको भिड् लागेको हो । त्यस्तै बुधबार मेगा बैंक लगायत ग्लोबल आइएमई समुन्नत योजना र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको शेयरको खरिदमा उच्च चाप लागेको छ ।

यी पाँच कम्पनीको शेयरमा उच्च माग

top demand shatr

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय