बुधबार , बैसाख ८, २०७८

कोरोनाबाट ब्राजिलमा एकैदिन दुई हजारकाे मृत्यु

कोरोनाबाट ब्राजिलमा एकैदिन दुई हजारकाे मृत्यु

२६ फागुन, साओ पाउलो ।  ब्राजिलमा मङ्गलबार मात्र कोरोना भाइरसको सङ्क्रमणबाट करिब दुई हजार व्यक्तिको मृत्यु भएको बताइएको छ । ब्राजिलमा कोरोना महामारीका विरुद्धमा लड्नको लागि अस्पताल र खोपहरुले विस्तारै प्रगति भएको समाचारमा उल्लेख गरिएको छ । तर पनि यता मृत्यु हुनेको संख्या भने  अझै घटेको छैन ।

कोरोना भाइरस महामारीका कारण भएको मृत्युमा विश्वमा नै दोस्रो स्थानमा रहेको ब्राजिलमा गत २४ घण्टामा एक हजार ९७२ जनाको कोभिड–१९ को सङ्क्रमणबाट नै मृत्यु भएको यहाँँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कोरोना भाइरसको सङ्क्रमणको कारण सबै भन्दा बढी अमेरिकामा मृत्यु भएको छ । त्यसपछि दोस्रो क्षति ब्राजिलमा नै पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । गत २४ घण्टामा ब्राजिलमा थप ७० हजार ७६४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि कुल सङ्क्रमितको संख्या १ करोड ११ लाख पुगेको छ । ब्राजिलमा कोरोना शुरु भएयता हालसम्म २ लाख ६८ हजार ३७० को मृत्यु भइसकेको छ ।

ब्राजिलमा कोरोना सङ्क्रमणको दैनिक तथ्यांकअनुसार गत मार्च ३ मा यसबाट एकै दिनमा एक हजार ९०० को मृत्यु भएको थियो । गत दुई हप्ता यता यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको बताइएको छ ।सार्वजनिक स्वास्थ्य संस्था फिओक्रुजले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार ब्राजिलका २७ ओटा प्रान्तीय राजधानीमा २५ ओटा राजधानी शहरका स्वास्थ्य संस्थाहरुका आकस्मिक कक्षहरु ८० प्रतिशतभन्दा बढीे भरिएका बताइएको छ ।

“कोभिड –१९ विरूद्धको उपचार तथा अन्य प्रक्रियामा २०२० को अन्त्यतिर ब्राजिलमा प्रभावकारी देखिएको थियो । तर पनि सन् २०२१ को पहिलो आधाआधीमा भने यहाँ महामारीको फैलावट निकै बढेको थियो ।त्यो क्रम अहिले पनि रोकिएको छैन । अहिले पनि सो महामारीको प्रकोप झन् बढेकोे फियोक्रुजका वरिष्ठ अधिकारी ओरेलानाले एएफपीलाई बताएको छ ।

कोरोना विरुद्धको खोपका कारण हालको महामारीको परिस्थितिमा आमूल परिवर्तन भएको पनि उनले बताएको छ । तर मृत्यु हुनेहरुको संख्या नघट्नु दुःखद भएको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मानसिक तनावलाई व्यवस्थापन गर्न योग गर्दै पर्यटन व्यवसायी मानसिक तनावलाई व्यवस्थापन गर्न योग गर्दै पर्यटन व्यवसायी २ दिन पहिले
पुन: दोस्रो पटक मेलम्ची पानी वितरण कार्यको शुभारम्भ गरिदैं पुन: दोस्रो पटक मेलम्ची पानी वितरण कार्यको शुभारम्भ गरिदैं ३ हप्ता पहिले
देउवाको ओली मोह: पत्रकार महासंघ र सत्ता राजनीति सम्बन्ध देउवाको ओली मोह: पत्रकार महासंघ र सत्ता राजनीति सम्बन्ध ४ हप्ता पहिले
अनिश्चितकालका लागि राष्ट्रपति रनिङ शिल्ड स्थगित अनिश्चितकालका लागि राष्ट्रपति रनिङ शिल्ड स्थगित ३ हप्ता पहिले
ज्योति विकास बैंकको १३ लाख कित्ता संस्थापक शेयर पब्लिक शेयरमा रुपान्तरण ज्योति विकास बैंकको १३ लाख कित्ता संस्थापक शेयर पब्लिक शेयरमा रुपान्तरण ३ हप्ता पहिले
महिला सहयात्रा लघुवित्तको सभाले १०.५३ प्रतिशत लाभांश वितरण गर्न दियो स्वीकृत महिला सहयात्रा लघुवित्तको सभाले १०.५३ प्रतिशत लाभांश वितरण गर्न दियो स्वीकृत ३ हप्ता पहिले
बिगु गाउँपालिकामा निः शुल्क स्वास्थ्य शिविर बिगु गाउँपालिकामा निः शुल्क स्वास्थ्य शिविर ४ हप्ता पहिले
नारायणगढ–बुटवल सडक तोकिएका अवधिमा सम्पन्न गर्न जोड नारायणगढ–बुटवल सडक तोकिएका अवधिमा सम्पन्न गर्न जोड ४ हप्ता पहिले